एनआरएनए जापान केन्द्रिय सदस्यका एक दाबेदार अर्थात् उत्तम कुमार श्रेष्ठ

भदौ १७, २०७४ मा प्रकाशित | 3371 views

टोकियो ।

एनआरएनए जापान नेतृत्व चयनको अन्तिम संघारमा अकस्मात भेटिएका उत्तम कुमार श्रेष्ठ अघिपछि भन्दा व्यस्त देखिन्थे । फोन, म्यासेज अनि भेटघाट, केही दिन यता व्यस्त बनाएको उनको दैनिकिको कारण थियो गैर आवासिय नेपाली संघ जापानको केन्द्रिय सदस्यमा उम्मेद्धारी ।

छोटो कुराकानीका क्रममा श्रेष्ठले भने-'म सदस्यको उम्मेद्धार हो मैले प्रतिवद्धता जनाउँदै धेरै काम गर्छु भन्ने होइन, म यत्ति भन्न सक्छु म सदस्य भएपछि नेतृत्वले गलत काम गर्न खोजे वा विवादीत काममा हात हालेमा त्यसको बिरोध गर्छु र आम नेपाली तथा नेपालको हितको पक्षमा उभिन्छु । तर नेतृत्वले गर्ने हरेक सकारात्मक काममा पनि मेरो सक्दो सहयोग र नेतृत्वदायि भूमिका हुनेछ ।'

उत्तम कुमार श्रेष्ठलाई नै सदस्यमा भोट किन हतारको भेटमा उनले उम्मेद्धारी घोषणासँगै उठाएको नारा सम्झंदै भने -'गलत पात्र र प्रवृतिलाई निरुत्साहित पार्न मलाई भोट ।'

जापानमा हुने अधिकाशं मनोरञ्जनात्मक कार्यक्रम होस् वा सामाजिक परोपकारी, नेपाली समुदायका उत्सव र महोत्सवमा अग्रपंक्तिमा रहेर सफल बनाउन सघाउन स्वयंसेवी बनेर खटिने गरेका श्रेष्ठले आफ्नो उम्मेद्धारीमा दाबी गर्दै भने -'मैंले सिमित नेपालीमाझ रहेर अहिलेसम्म सकेको सेवा र सहयोग गर्दै आएको छु, मात्र यत्ति हो अब संस्थागत रुपमा एनआरएनएभित्र रहेर जापानभर रहेका नेपालीहरुलाई सहयोग र सहकार्य गर्न खोजेको हुँ ।'

अध्यक्ष, महासचिव, कोषाध्यक्ष हुँदै निर्वाचनको एकदिन अघि मात्र भएपनि महिला उपाध्यक्षमा सहमती भएपनि बाँकी पदहरुमा निर्वाचन हुने लगभग पक्का भएको छ ।

उत्तम कुमार श्रेष्ठले मतदानमा आफुलाई बिजयी गराउने विश्वास सहित छुट्टिंदै गर्दा भने -'सोचेर र बुझेर आफ्नो अमुल्य मत सबैले दिनुहुनेछ, किन भने एक भोटले ठूलो अर्थ राख्छ एनआरएनए जापानलाई मेरो पनि हो भन्ने व्यवहारिक अनुभुति गराउन पनि मलाई भोट दिनुहुनेछ ।'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web