काठमाडौं ।

सेयर बजारको परिसुचक १६०० अंक तल झरेको छ । साउनदेखि बढेको बजार फेरि घटेर १६०० अंक तल आएको हो ।

गत साउन १ गते शेयर बजार मापक सूचक १५८३.५७ अंकमा रहेको थियो ।

साउन २ गते करिब २१ अंकले बढेर १६०४.१५ अंकमा उक्लिएको बजारले त्यपछि लगातार बढेर साउन २३ गते यो वर्षकै सर्वाधिक अंक १६६७.९२ अंक छोएको थियो ।

त्यसपछि सामान्य घटबढ हुँदै बजार पून १६ सय अंक तल आएको हो । बुधबार शेयर बजार १४.५५ अंकले घटेर १५९८.३६ अंकमा झरेको छ । बुधबार शेयर बजार सुरुवात देखि नै घटेको थियो ।

बजारमा गिरावट देखिए पनि कारोबार रकममा भने सुधार देखिएको छ ।

१५५ कम्पनीका १७ लाख ३० हजार कित्ता शेयर ९७ करोड ८३ लाख रुपैयाँमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

16.08¡ÆC