<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">काठमाडौं । दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैशाखी टेकेर हटाउन लागिएको हो ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानविन गर्न आयोगमा निवेदन दिएको खुलाशा भएको छ ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">घिसिङ, राजिब शर्मा, प्रवल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार स्रोतको भनाइ छ ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण फाराम(१३ पाने) भर्न तल्लीन छन् । घिसिङलाई हटाउने अन्य उपाय नभएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियार गुहारेका हुन् ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">उर्जामन्त्री शाहीले प्राधिकरणका उच्च कर्मचारी सम्पत्ति विवरण भर्न तल्लीन रहेकाले काममा प्रभाव परेको बताउँदै आएका छन् ।
23.01¡ÆC