गोकर्ण अधिकारी-टोकियो ।

जापानको होकाइदो टापुमा उत्तर कोरियाले मंगलवार बिहान प्रहार गरेको क्षेप्यास्त्र खसेपछि जापान सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

जापान सरकारले जापानमा रहेका आफ्ना तथा बिदेशी नागरिकलाई सतर्क र सुरक्षित रहन सूचना जारी गर्दै कोरियाको यो कदमको उपयुक्त जवाफ दिने प्रतिक्रिया दिएको छ ।

जापानी समाचार संस्थाहरुका अनुसार आज बिहान ५ बजेर ५८ मिनेटमा प्रहार गरेको उक्त ब्यालेस्टिक क्षेप्यास्त्रको तीन टुक्रा होकाइदो टापुमा खसेको र मिसाइल समुन्द्रमा खसेको छ ।

जापानको उत्तरी होकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने आपतकालीन साइरन बजाइएको थियो । प्राय आँधि, ठूलो भुकम्प, आगलागी लगायतका आपतकालिन अवस्थामा मात्र बज्ने साइरन बजेपछि सो क्षेत्रमा नागरिकहरुबिच ठूलो डर र भय उत्पन्न भएको थियो ।

सन्देशमा मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएपछि केही भागदौड नै मच्चिएको बताइएको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण 'अभूतपूर्व, गम्भीर र देशका लागि खतरा' भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

गत साता मात्र तीनवटा साना खाले क्षेप्यास्त्र परिक्षण गरेको उत्तर कोरियाको क्षेप्यास्त्र पछिल्लो ८ वर्षमा पहिलो पटक जापानी भूभागमा खसेपछि जापान सरकारले आपतकालित बैठक डाक्नुका साथै सुरक्षा निकायलाई हाइअलर्टमा रहन निर्देशन दिएको छ ।

21.05¡ÆC