नेपाली विद्यार्थी बिदेशी युवतीलाई जर्बजस्ती शारीरिक सम्पर्क राखेको आरोपमा पक्राउ

भदौ १२, २०७४ मा प्रकाशित | 2188 views

टोकियो ।

नेपाली बिद्यार्थी बिदेशी युवतीलाई जर्बजस्ती शारीरिक सम्पर्क गर्न खोजेको आरोपमा पक्राउ परेका छन् ।

जापानी समाचार संस्थाहरुले जापानी प्रहरीलाई उदृत गर्दै उल्लेख गरे अनुसार जापानको सागा प्रान्तको तोसुके प्रहरीले सागा प्रान्तकै तोसु, माचुवारामा बस्दै आएका एक नेपाली विद्यार्थीलाई पक्राउ गरेको छ ।

प्रहरीले २४ बर्षीय ती नेपाली विद्यार्थीले एक युवतीलाई जवरजस्ती शारीरिक सम्पर्क गर्न वाध्य पारेको आरोप लागेको बताएको छ ।

यही महिनाको १७ तारिखका दिन बिहानै नाम नखुलाइएका ती नेपाली युवाले तोसु शहरकै एक पार्कमा चिनजानकै एक २० वर्षीय विदेशी युवतीलाई जवरजस्ती शारीरिक सम्बन्धको लागि वाध्य पारेको प्रहरीले बताएको छ ।

जर्वजस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाइएकी युवती नेपाली हुन् वा अन्य देशको खुलाइएको छैन तर जापानी समाचार संस्थाहरुले उल्लेख गरे अनुसार ती युवती जापानी भने होइनन् ।

जर्वजस्ती यौन सम्पर्क बाध्य बनाइएको युवतीले आरोप लगाएपनि पक्राउ परेका युवाले भने सहमतीमै शारीरिक सम्पर्क भएको बताएका छन् ।

जापानी संचार माध्यमहरुले यस्तो घटना सागा प्रान्तमै पहिलो भएको उल्लेख गरेका छन् । जापानी प्रहरीले आरोपीत नेपाली विद्यार्थी र जर्वजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारिएकी भनिएकी युवतीको नाम गोप्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web