जापानमा हेलिकप्टर दुर्घटना हुँदा तीनजना बेपत्ता

भदौ ११, २०७४ मा प्रकाशित | 1247 views

टोकियो ।

जापानमा एक सानो आकारको सैन्य प्रयोजनको हेलीकोप्टर दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् ।

शनिबार जापानको उत्तरपूर्वी आओमोरी प्रान्तमा मेरीटाइम सेल्फ डिफेन्स फोर्स ९ एमएसडिएफ ० को हेलीकप्टर दुर्घटना भएको हो ।

जापानी सरकारी अधिकारीहरुका अनुसार उक्त दुघटनामा ३ जना चालकदलका सदस्य हराइरहेका छन् ।

एसएच – ६० जे हेलिकोप्टरका चालकदलका चारमध्ये १ जनाको उद्घार गरिएको र उनी खतरामुक्त रहेको बताइएको छ । हेलिकप्टर राती १० बजेर ५० मिनेट जाँदा सम्पर्कविहिन हुन पुगेको थियो ।

एमएसडिएफ र जापान कोस्ट गार्डले हराएका तीन जनाको खोजिकार्य गरिरहेका छन् ।

घटनाको भग्नावशेषको अंश र हेलिकप्टरको उडान सुचना रेकर्डर दुर्घटना स्थल नजिकैको समुद्रमा भेटिएको रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web