<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">काठमाडौँ । नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ ।
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह कायम भएका छन् ।
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">मुलुकमा हाल ७५३ स्थानीय तह कायम रहेकामा त्यसमध्ये महानगरपालिका छ, उपमहानगरपालिका ११, नगरपालिका २७६ हाल मुलुकमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ र गाउँपालिकाको संख्या ४६० रहेको छ ।
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">उक्त निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
छ हजार ६२७ जनप्रतिनिधि 
स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट ७७–७७ प्रमुख र उपप्रमुख, ५९–५९ अध्यक्ष र उपाध्यक्ष, एक हजार २७१ वडाध्यक्ष तथा महिला, दलित र खुला गरी पाँच हजार ८४ वडा सदस्य निर्वाचित हुनेछन् ।
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">निर्वाचनको परिणाममा कसले बाजी मार्ने भन्ने विषयमा चुनावी रणनीति बनाउन अहिले राजनीतिक दल अत्यन्तै व्यस्त छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा त्यस क्षेत्रका जिल्लामा यही भदौ ७ गतेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ भने निर्वाचन अधिकृतको कार्यालय सोमबारदेखि खुल्नेछ ।
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">भदौ २१ मा मनोनयन दर्ता
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">निर्वाचनका लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम बनाएको छ ।
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">नेपालको संविधानका केही अन्तरवस्तुप्रति विमति जनाउँदै आन्दोलन चलाउँदै आएको राष्ट्रिय जनता पार्टीले पनि आफ्नो सम्पूर्ण साधन, स्रोत र शक्ति अब स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरिसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकारले त्यस क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त तुल्याउन नेपाली सेनाको समेत संलग्नता रहने व्यवस्था मिलाएको छ ।
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन अघिल्ला निर्वाचन जस्तै प्रदेश नं २ मा पनि प्रमुख राजनीति दलबीचमै चुनावी तालमेल हुन सक्ने संकेत देखिएको छ । संविधानसँग जोडेर भएको आन्दोलन, त्यससँगै भएको नाकाबन्दी तथा बाढी र डुबानको चपेटा खेपिरहेका त्यस क्षेत्रका मतदातालाई आफ्नो पक्षमा ल्याउने रणनीति बनाएर सबै राजनीतिक दल अहिले प्रदेश नं २ का गाउँगाउँमा पुगिसकेको त्यस क्षेत्रका जिल्ला निर्वाचन कार्यालयबाट थाहा भएको छ ।
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">मुलुकका प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ मा वैशाख ३१ तथा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते भएको निर्वाचनबाट १७५ स्वतन्त्रसहित १४ राजनीतिक दलका २८ हजार ४२३ उम्मेदवार विजयी भएका थिए । तीमध्ये पुरुष १६ हजार ७९३ र महिला ११ हजार ६३० रहेको आयोगले जनाएको छ ।
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बदर मत प्रतिशत घटाउन २ नं प्रदेशमा सडक नाटकसहित मतदाता शिक्षाका कार्यक्रम तथा सञ्चारकर्मीका लागि आचारसंहिताको पालनासम्बन्धी कार्यक्रम शुरु गरिसकिएको जानकारी दिनुभयो ।
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">‘भय र त्रास समाप्त भइसकेको छ’
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">राजपाका महासचिव केशव झाले भय र त्रासको स्थिति समाप्त भएकाले शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले निकै स्थानमा राम्रो विजयी हासिल गर्ने विश्वास लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रचारप्रसार र उम्मेदवार छनोट प्रक्रिया शुरु भइसकेको छ, घोषणापत्र बनाउने कार्यलाई अहिले तीव्र तुल्याइएको छ ।”
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नेपाली नेकपा (एमाले)का १२ हजार ८४८, नेपाली काँग्रेसका नौ हजार ७१९, नेकपा(माओवादी केन्द्र)का चार हजार ३१३, संघीय समाजवादी फोरम नेपालका ३८२, नेपाल लोकतान्त्रिक फोरमका २९५, राप्रपाका २५७, राष्ट्रिय जनमोर्चाका १८६, नेपाल मजदुर किसान पार्टीका ९९, नयाँ शक्ति पार्टीका ८८, बहुजन शक्ति पार्टीका ३७, राष्ट्रिय जनमुक्ति पार्टीका १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सात, नेकपा (माले)का चार र नेपाल परिवार दलका एक उम्मेदवार विजयी भएका थिए ।
बाढीपहिराको दुःख बिर्सँदै 
एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको सम्पूर्ण शक्ति प्रदेश नं २ को निर्वाचनमा केन्द्रित भइसकेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नेकपा (एमाले)ले लिएको अडान र अघि सारेको सोचलाई आम मतदाताले राम्ररी बुझिसकेका छन् ।”
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px;">समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बाढीपहिराको पीडा खेप्नु परे पनि स्थानीय सरकार गठनका लागि हुन लागेको निर्वाचनप्रति मतदाता सकारात्मक र उत्सुक देखिएकाले निर्वाचनको वातावरण विस्तारै बन्दै गएको प्रतिक्रिया दिनुभयो । मुलुकभर एकै पटक निर्वाचन गर्नुपर्नेमा २ नं प्रदेशमा तेस्रो चरणमा पु¥याइएको प्रति भने मतदाताको असन्तुष्टि रहेको उहाँको भनाइ थियो ।
21.69¡ÆC