कञ्चनपुर ।

कञ्चनपुर गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको आफ्नै सहकर्मीले हत्या गरेको खुलासा भएको छ ।

सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको बुधबार राति काम सकेर घर फर्किने क्रममा सहकर्मी धनबहादुर विष्टले हत्या भएको पत्ता लागेको हो ।

प्रहरी अनुसन्धानका क्रममा कुँवरको हत्या विष्टले गरेको र विष्ट सशस्त्र प्रहरीको बढीमालिका गण, कैलालीका कार्यरत जवान भएको पाइएको छ ।

प्रहरीका अनुसार पादक पदार्थ सेवन गरेका दुवै जना घर र्फकने क्रममा विवाद हुँदा कुँवरको ढुंगाले हानेर विष्टले हत्या गरेको स्विकारेका छन् ।

कुँवरले लगाएको सुनको सिक्री विष्टको घरमा खानतलासी गर्दा भेटिएको छ । विष्टले हत्यापछि उनको गलाको सिक्रि लुटेको बताएका छन् ।

25.43¡ÆC