बाढीका कारण रौतहटको धान र माछा पालनमा २ अर्ब १५ करोडको क्षति

भदौ २, २०७४ मा प्रकाशित | 1140 views

रौतहट ।

एक साता यता अबिरल परेको बर्षा तथा भारतीय बाँधका कारण आएको बाढीबाट रौतहट जिल्लाको कृषि क्षेत्रमा मात्रै २ अर्ब १५ करोड बराबरको क्षति भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार धान खेती र माछापालन सेक्टरमा सबै भन्दा बढि क्षति भएको छ ।

रौतहटको १७ हजार हेक्टरको धानबाली नष्ट हुँदा १ अर्व २० करोड क्षति भएको छ भने माछापालन तर्फ ७ सय २६ हेक्टर पोखरीमा क्षति पुर्याउदा ८७ करोड बराबरको नोक्सानी भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ट कृषि अधिकृत राजनारायण यादवले ३ सय हेक्टरमा रहेको तरकारी खेती नष्ट हुँदा ६ करोड, ३ सय हेक्टरको केरा खेती नष्ट हुदा डेढ करोड, हाँसमा ३० लाख, ३० हेक्टरमा रहेको वागवानी नर्सरी तर्फ १ करोड गरी रौतहट जिल्लामा बाढीबाट दुई अर्व १५ करोडको हाराहारीमा क्षति भएको उहाले जानकारी दिनु भयो ।

धान खेती तर्फ ५ देखि १० प्रतिशत सम्म नोक्सानी बढ्न वा घट्न सक्ने वरिष्ठ कृषि अधिकृत यादवले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web