कुश्मा ।

पर्वतको फलेवास नगरपालिका स्थित प्रहरी चौकी देविस्थानले नगरपालिका–१० कुर्घामा २५ सय गाँजाका बोट फाँडनी गरेको छ ।

प्रहरीले स्थानिय जनसमुदायको सक्रियतामा गाँजा फाँडनी गरेको हो । विभिन्न व्यक्तिहरुको घरका करेसाबारी लगायत सार्वजानिक स्थलमा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोट नष्ट गरेको देविस्थान चौकीका प्रहरी प्रमुख कामेश्वर पटेलले जानकारी दिनुभयो ।

गाँजा फाँडन प्रहरी टोली घरघरै पुगेपछि अव आइन्दा घर वरिपरि उक्रिएका गाँजाका बोटहरु आफै नष्ट गर्ने स्थानियहरुले प्रतिबद्धता जनाएका थिए । प्रहरी चौकी देविस्थान राहालले फलेवास नगरपालिकामा सक्रियता बढाएको छ ।

नगरपालिकामा हुने चोरी डकैती, जुवातास, जाँडरक्सी, गाँजाफाँड्नी जस्ता क्रियाकलापलाई निरुसाहित गर्ने प्रहरीले गस्ती शुरु गरेको प्रहरीको भनाई छ ।

23.49¡ÆC