टोकियो ।

बाढी र पहिरोमा परि घरबार बिहिन भएका तराईका नागरिकहरुको लागि सहयोग जुटाउन विवेकशिल साझा पार्टी जापानको भातृसंस्था जुटेको छ ।

विवेकशिल साझा पार्टि जापानले तत्काल राहत वितरणको लागि पहिलो चरणमा ८० हजार जापानिज एेन पार्टीको उद्धार समितिमा नेपाल समेत पठाएको छ ।

विवेकशिल साझा पार्टी जापानमा आवद्ध ईश्वर भट्टराईका अनुसार पहिलो चरणमा संकलित रकम नेपाल पठाएर शनिवारसम्ममा थप सहयोग रकम जुटाएर नेपाल पठाउने तयारी थालिएको छ ।

यसैगरी विवेकशिल र साझा पार्टि एक आपसमा एकता भएपछि जापानमा रहेको दुबै दलको संस्थाहरु विच यहि सेप्टम्बर २ तारिखका दिन विवेकशिल साझा पार्टि जापानको पहिलो भेला सिजुओका शहरमा गरिने भएको छ ।

बिवेकशिल दल आवद्ध जापानका अध्यक्ष जिवन ढकालका अनुसार भेलाले जापानमा रहेका दुबै दल आवद्ध जापानको भातृ संगठनहरु विच एकता क़ायम गर्दे संगठनलाई मजबुत गराउने र सगठनको विचारलाई विस्तार गरिने भएको छ ।

21.56¡ÆC