नुवाकोटमा अवैध नौ किलो सुनसहित दुई जना पक्राउ

साउन २८, २०७४ मा प्रकाशित | 1231 views

बिदुर ।

अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौँ ल्याउन लागेको नौ किलो सुनसहित दुई जनालाई आज नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

चीनको केरुङबाट राजश्व छली मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो ।

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नंको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा छ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web