एनआरएनए जापान निर्वाचन, उम्मेद्धारद्धय पौडेल र शाहीमाथिको दाबी बिरोध खारेज

साउन २८, २०७४ मा प्रकाशित | 1728 views

टोकियो ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको नयाँ कार्यसमितिका दुई उम्मेद्धार बिरुद्ध उम्मेद्धारहरुले नै गरेको दाबी गिरोध गलत ठहरिएको छ ।

एनआरएनए जापानको उपाध्यक्ष पदका दाबेदार शिवप्रसाद पौडेल र सचिवका दाबेदार जनकबिक्रम शाही उम्मेद्धार बन्न अयोग्य रहेको भन्दै परेको दाबी बिरोध गलत भएको भन्दै निर्वाचन कमिटिले दावी विरोध खारेज गरिदिएको छ ।

२५ सेप्टेम्बर २०१६ मा ओकिनावामा भएको एनआरएनए जापानको वार्षिक साधारण सभाबाट पारित विधान अनुसार पौडेल र शाही सो पदमा उम्मेदवार बन्न अयोग्य रहेको भन्दै पौडेल बिरुद्ध छत्र बहादुर दाहाल र शाही बिरुद्ध बाशुदेव लामिछानेले दाबी बिरोध दर्ता गराएका थिए ।

शाहीमाथि एनआरएनए कान्तोको क्षेत्रीय समितिले केही महिना अघि मात्र उनलाई कार्यसमितिमा मनोनयन गरेको भन्दै उम्मेदवार बन्न अयोग्य रहेको आरोपसहित दाबी बिरोध दर्ता गराएका थिए ।

एनआरएनए जापानको निर्वाचन समितिले तयार पारेको विधानमा राष्ट्रिय समन्वय परिषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा उम्मेदवार बन्नका लागि राष्ट्रिय समन्वय परिषद जापानको सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा एक पुरा कार्यकाल सम्पन्न गरेको हुनुपर्ने उल्लेख छ । श्रोतका अनुसार आरोप लागेका व्यक्तिहरु सो पदमा रहेको एक बर्षपुग्न उम्मेद्धारी दर्ता गरेको मितिले १३ दिन अपुग भएपनि निर्वाचन कमिटिले उम्मेद्धार बन्न योग्य भएको भन्दै आरोप खारेज गरिदिएको हो ।

उपाध्यक्ष पौडेलका विरुद्ध दाबी विरोध पेश गर्ने दाहाल उपाध्यक्षका प्रत्यासी हुन् भने सचिब शाहीका बिरुद्ध दावी विरोध पेश गर्ने लामिछाने पनि सचिबका प्रत्यासी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web