क्वालालम्पुर ।

मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाइ गरेको छ ।

गैरकानुनी अवस्थमा रहेकालाई पक्राउ गर्न मलेसियाले गत जुलाई १ देखि देशव्यापी अभियान सुरु गरेको हो । त्यसयता पाँच हजारभन्दा बढी आप्रवासी पक्राउ परिसकेका छन् ।

पछिल्लो समय अनीहरुमाथिको खोजी अभियानलाई थप तिव्रता दिँदै मलेसियाली प्रहरीले उनीहरु लुकेर बसेका सम्भावित ठाउँमा छापा मारी पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको कान्तिपुरमा खवर छ ।

मलेसियाली अध्यागमन विभाग, प्रहरी लगायत विभिन्न ६ सरकारी निकायका अधिकारीको संयुक्र टोलीले पक्राउ अभियान जारी राखेको छ ।

25.43¡ÆC