<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">बेइजिङ । चीनको चेतावनीपछि भारतले चीनसँगको सीमा क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता गरेको छ ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">डोकलाम क्षेत्रमा १८ जुनदेखि ठूलो संख्यामा दुवै देशका सेना आमने–सामने भएर बसेका थिए । चीनले आफ्नो क्षेत्रमा सडक निर्माण गरिरहेको अवस्थामा भारतीय सेना आएर अवरोध गर्न खोजेको आरोप लगाएको थियो ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">चीन सरकारले सो क्षेत्रमा भारतले ठूलो संख्यामा सेनालाई फिर्ता लगेको दाबी गरेको हो । ४ सयको संख्यामा भारतीय सेना रहँदै आएको हाल ४० जनामात्र तैनाथ रहेको चीनले जनाएको हो ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">चीनले आफ्नो भूमि रक्षाका लागि जस्तोसूकै कदम उठाउन आफू तयार रहेको बताउँदै वार्ताका लागि भारतीय सेना फिर्ता हुनुपर्ने शर्त अघि सारेको थियो । दुई देशबीचको सम्बन्ध सुधार गर्ने हो भने भारतीय सेना फिर्ता हुनुपर्ने प्रष्ट पार्दै चीनले अन्यथा भारतले चाहेजसरी नै हर मोर्चाबाट जवाफ दिन आफू तयार रहेको प्रष्ट पारेको थियो ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">१५ पृष्ठ लामो दस्तावेज जारी गर्दै चिनियाँ विदेशमन्त्रालयले भनेको छ, ‘डोंग लाङ्ग’ (डोकलाम) क्षेत्रमा सुरुमा ४०० भारतीय सैनिक रहेकोमा हाल घटाएर ४० मा सीमित गरिएको छ ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">चिनियाँ दस्तावेजमा भनिएको छ, ‘१६ जुन २०१७मा चीनले डोंग लाङ्ग क्षेत्रमा सडक बनाइरहेको थियो । १८ जुनमा २७० भन्दा बढी भारतीय सैनिक हतियार र बुल्डोजरसहित सिक्किम सेक्टरबाट सीमा क्षेत्रमा आए । भारतीय सेना सडक बनाउने काममा अवरोध गर्न चिनियाँ क्षेत्रको १०० मिटरसम्म प्रवेश गरेका थिए । एक समय त्यहाँ भारतीय सैनिकको संख्या ४०० पुगेको थियो ।’
19.12¡ÆC