कलाकारिता मार्फत नेपाल चिनाउँदै आएका ‘ज्याक’ खड्काद्धारा एनआरएनए जापान सदस्यमा उम्मेद्धारी

साउन १८, २०७४ मा प्रकाशित | 2990 views

टोकियो ।

कलाकारिता, अभिनय र सञ्चारकर्मीको रुपमा जापानी टेलिभिजन तथा मिडियामा नेपालको पहिचान र नेपाल प्रवद्र्धनको काम गर्दै आएका ज्याक खड्काको नामले परिचित जगत ब. खड्काले एनआरएन जापानको केन्द्रिय सदस्यमा उम्मेद्धारी घोषणा गरेका छन् ।

साधारण परिवारमा जन्मेर विद्यार्थीको रुपमा जापान आएका खड्काले जापानी टेलीभिजनमा मुख्यत नेपाली पर्यटन प्रवद्र्धन तथा अभिनयको काम गर्दै आएका छन् ।

'प्रवासमा रहेका नेपालीहरु एकजुट भएर अघि बढ्नुपर्नेमा सानासाना संघसंस्था र दल खोलेर लाग्दा जापानमा रहेका नेपालीबिच जुट भन्दा फुट बढेको' भन्दै खड्काले त्यसलाई एकता गराउने काम आफुले एनआरएन मार्फत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

योग्यता र सिप भएरपनि देशमा रोगगारी पाउन नेताहरुको पाउ पर्नैपर्ने संस्कारका कारण १९ बर्षअघि विदेशीनु परेका खड्काले स्नाकोत्तरको अध्ययन बिचैमा छाडेर जापान आएका थिए ।

परदेशको भूमिमा आएर अध्ययनसँगै आफ्नो रुचिको अभिनय क्षेत्र मार्फत नेपाल चिनाउने तथा नेपालको कला, संस्कृति एवं पर्यटनलाई सहयोग पुग्नेगरि जापानी टेलिभिजनमा निरन्तर अभिनय गर्दै आएका खड्का जापानमा पछिल्लो समय सञ्चारकर्मीका रुपमा समेत परिचित छन् ।

आफुले गर्न सक्ने र जापानमा रहेका नेपालीहरुको लागि गर्नैपर्ने कामलाई आफुले एनआरएन केन्द्रिय सदस्य उम्मेद्धारी प्रतिवद्धतामा समेटेको बताउँदै खड्काले भने-'जापानमा आएका हरेक नेपालीको पहिलो समस्या र आवश्यकता रोगजारी हो त्यसैले उनिहरुको लागि एनआरएनले "एक नेपाली एक रोजगारी अभियान" चलाएर सहयोग गर्नुपर्छ र यसमा म सघाउनेछु ।'

'एनआरएनका कतिपय विषयहरु पारदर्शी नभएको तथा आम नेपाली तथा सदस्यता लिएकाहरुले समेत जानकारी पाउन नसकेको गुनासाहरु आइरहेको' भन्दै ज्याक खड्का भन्छन् -'सबैको लागि काम गर्न पारदर्शी हुनैपर्छ म सदस्य भएपछि सबैकुरा पारदर्शी गराउनेछु ।'

नीतिगत सुधारबिना एनआरएनले फड्को मान नसक्ने भन्दै खड्काले भने -'सुनिने र देखीने संस्थाको रुपमा मात्र होइन अब अनुभूत हुने संस्था एनआरन बनाउन नीतिगत रुपमै पहल गर्नेछु ।'

'बाहिरी विषय भन्दापनि एनआरएन जापानलाई जापानमै रहेका नेपालीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका विषयका समस्या समाधानमा केन्द्रित गराउने' खड्काले प्रतिवद्धता व्यक्त गरेका छन् ।

पाँच बुँदामा आफ्ना सटिक योजना सहित प्रतिवद्धता व्यक्त गरेका ज्याक खड्का भन्छन् -'एनआरएन जापानलाई आर्थिक रुपमा समेत पारदर्शी बनाउने मेरो प्रतिवद्धता छ ।'

'आजसम्म कसैको नबिगारेको र कुभलो नचिताएको' भन्दै एनआरएन जापानको लागि २०१७-०१९ केन्द्रिय सदस्यमा उम्मेद्धारी दिएका ज्याक खड्काले भने -'म कुनै राजनीतिक दल, समुह वा पक्ष र विपक्षमा लागेको छैन र लाग्दिन, राम्रो नै हाम्रो भन्ने मेरो स्पष्ट बानी छ त्यसैले जापानवासी सबै नेपालीले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।'

नमस्ते ! म जगत ब खड़का ( ज्याक ) खोटाँग ज़िल्लाको डम्बर्खु 1 मा साधारण परिवार को जन्म,आठौ भाई मध्य को पाचौ भाई हाल काठमाण्डूको चाबेल को स्थायी बासिन्दा जापानमा 19 वर्ष पहिला विद्यार्थी भिषामा प्रवेश गरी जापानका बिभिन्न टेलीभिजन मा काम गर्दै नेपालको पर्यटन क्षेत्रमा लाई बिसेष महत्व दिदै काम गर्दै आएको कुरा मेरो गतिविधी बाट अवगत गराऊन चाहान्छु ।

जापान आएको केही वर्षमै जापान को राजनीति ,ख़ुराफ़ाती नेपाली दाज़ुभाईहरू को सोच र बिचार लाई चित्त नबुझेको र अहिले सम्म कुनै पनी संघ संस्था कुनै पनी राजनीति पार्टीमा समेत आफु सम्लग्न न कुरा पनी जानकारी गराऊन चाहान्छु। आफ़नै देशमा योग्यता र सिपको लागी पनी साधारण रोज़गार को लागी नेताहरूको पाऊँ मोल्न नसकनु को कारण नै मेरो जापान जाने सोच बन्यो। नेपालमा स्नातककोत्तर पढ़ाईंलाई थाती राख्दै 1998 मा बिध्यर्थीको रूप मा जापान आएको र देश प्रति आफ्नो गहन ज़िम्मेवार समझी कामका साथ साथै नेपाल र जापान को कला संस्कृति पर्यटन क्षेत्र लाई विकास गर्नकै निमित्त जापानको कला क्षेत्रमा प्रवेश गरेको पनी जानकारी गराउन चाहान्छु।

१.जापान मा आऊने हरेक नेपाली लाई कम्तीमा एउटा रोज़गारीका लागी NRN अभीयान लाई सारिक गराउने।

२.NRN लाई सहभागीता मूलक समाबेसी र सहभागिता मूलक संस्था बनाउन र सर्वसाधारण का लागी सहज पहुच भएको संस्था बनाउन नीतिगत र कार्यगत सुधारका लागी पहल गर्ने।

३NRN का सामाजिक, आर्थिक गतिबिधी तथा किर्याकलाप लाई पारदर्शी बनाऊन नीतिगत सुधार को पहल गर्ने।

४ NRN लाई सुनीने र देखीने भन्दा काम गरेको अनुभूति गराउने संस्थामाको रूपमा बिकाश गराउने।

५ NRN जापानलाई जपानमै रहेका आम नेपालीको समाजिक आर्थिक सांस्कृतिक रोज़गारी,स्वास्थ्य, सिक्षा जस्ता समस्या समाधान गर्ने कुरामा केन्द्रित गाराउने।

आज सम्म NRN को आर्थिक गतीबिधी र कोषको अडीट गराउन पहल गराउने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web