स्पष्ट योजना र प्रतिवद्धता सहित जनक विक्रम शाहीद्धारा एनआरएन जापान सचिवमा उम्मेद्धारी (भिडियो सहित)

टोकियो ।

कुक भिषामा जापान आएर संघर्ष गर्दै सामाजिक कर्म र आफ्नो क्षेत्रको विकास र समस्या समाधानमा अहोरात्र खट्दै आएका जनक विक्रम शाहीले एनआरएनए जापानको सचिवपदमा उम्मेद्धारी घोषणासँगै स्पष्ट योजना सार्वजनिक गरेका छन् ।

मध्यपश्चिमको दुर्गम जिल्ला दैलेखको दुख देखी खाडी मुलुकको कडा संघर्षसमेतको अनुभव संगालेका शाही एनआरएन जापानका हरेक कार्यक्रममा सक्रिय सहभागी रहँदै पछिल्लो समय जापानमा बढ्दो आत्महत्या रोकथाम तथा नेपालीहरुका स्वास्थ्य समस्या समाधानको अभियान चलाउँदै आएका छन् ।

सन् २००५ मा कतारको दोहामा भएको गैर आवासीय नेपाली संघको पहिलो क्षेत्रिय सम्मेलनमा सहभागी रहँदै एनआरएनसँग नजिकिन पुगेका शाहीले संस्थाका बारेमा आफ्ना स्पष्ट बिचारहरु लेख मार्फत समेत राख्दै आएका छन् ।

अध्ययनमा अँग्रेजी र राजनीति शास्त्रमा स्नातक गरेका जनकविक्रम शाहिस बाँके बर्दिया मैत्री समाज जापानको अध्यक्षमा रहेर क्षेत्रगत आधारमा सामाजिक काम, विकास निर्माण तथा बिपतहरुमा सहयोग गर्दै र जुटाउँदै आइरहेका छन् ।

सचिव पदमा उम्मेद्धारीपछि ११ बुँदामा आफ्ना योजना र प्रतिवद्धतालाई स्पष्ट रुपमा राखेका जनकविक्रम शाहीले एनआरएन सबैको पहुँचमा हुनुपर्ने भन्दै त्यसको लागि काम गर्ने उल्लेख गरेका छन् ।

एनआरएनमा काम गर्नु भनेको स्वयंसेवा गर्नु भएको भन्दै शाहीले धनी व्यक्तिहरुमो मात्र संस्था हो भन्ने बुझाईलाई हटाउँदै सबैको साझा संस्थाको रुपमा निर्माणगर्न जोड दिने बताएका छन् ।

जापानमा दर्जनौं क्षेत्रमा नेपाली विद्धाहरु रहेको भन्दै उनीहरुलाई एनआरएन अभियानमा जोड्न सके अध्ययन, अनुसन्धान तथा उत्पादनमा नयाँ आयाम थप्न सकिने आफ्नो अनुभवले देखाएको बताउँदै एनआरएन जापानका सचिव पदका उम्मेद्धार जनक बिक्रम शाहीले भने देशको उन्नतिको लागि जापानबाट सिक्दै गर्न सकिने अध्ययन अनुसन्धानमा नेपाली विद्धानहरुलाई सहभागी गराउने अभियान थाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्ता छन् अध्ययन, बैदेशीक रोजगारी र सामाजिक अभियानको संघर्षमा लागिरहेका शाहीले एनआरएन जापानको सचिव पदमा उम्मेद्धारी सँगै सार्वजनिक गरेका आफ्ना प्रतिबद्धता र घोषणापत्र

जनक बिक्रम शाही

एनआरएनए जापानको २०१७-१०१९ सचिवपदको को उम्मेद्वार ।

सम्पूर्ण जापानवासी नेपाली अग्रज, दाजुभाई, दिदीबहिनी  लगायत मेरा सम्पूर्ण  शुभचिन्तकहरुमा सादर नमस्कार  ।

म जनक बिक्रम शाही, साबिकको मध्यपश्चिमको दुर्गम जिल्ला दैलेखमा जन्मी हाल नेपालगंज उपमहानगर पालिका वडा नम्बर १६ को स्थायी बासिन्दा जापानमा सात वर्ष पहिला कुक भिषामा प्रवेश गरी रोजगारीलाई निरन्तरता दिदै हाल व्यापार व्यवसायमा पनि सङ्लग्नछु । मेरा पुज्य पिताज्यूबाट सामाजिक कार्यमा सानैदेखि प्रेरित हुदै बिभिन्न सामाजिक कार्यमा संगलग्न रहदै आएको छु ।

२०५२ सालमा SLC पास पश्चात अंग्रेजी र राजनीति शास्त्र प्रमुख बिषयलिई ब्याचुलर सम्मको पढाइ र केही समयको शैक्षिक पेशालाई अधुरै छोडी बैदेशिक रोजगारको यात्राको सुरुवात गरेको थिए । सन् २००० मा साउदी अरेबियाको एउटा अन्तराष्टिय कम्पनीको अफिस क्लर्कको जागिरबाट सुरु भएको मेरो यात्रा धेरैजसो विदेशमानै बित्यो । रोजगारीकै  सिलसिलामा खाडी  राष्टका विभिन्न देशमा घुम्ने अवसर मिल्यो । साथ(साथै खाडीमुलुकमा रहेका नेपाली दाजु भाईहरुका विभिन्न समस्या समाधानमा अहम भूमिका निर्वाह गर्दै २००३ मा कतारको दोहामा (भेरी समाज संघ कतार) नामको समाजिक संस्था स्थापना गर्दै र अन्य विभिन्न संघ संस्थामा आवद्दरही नेपाली राजदुतावास , कतार लगायत अन्य देशका नेपाली राजदुतावास, गैर आवासीय नेपाली संघ र अन्य संघ संस्था संग सहकार्य गर्दै सामाजिक काम लाई निरन्तरता दिएको यहाँहरु समक्ष निवेदन गर्न चाहन्छु ।

NRNको स्थापना लगत्तै यो संस्थालाई धेरै नजिक बाट नियालेर हेर्ने मौका पाएको थिए  । खासगरी २००५ मा  कतारको दोहामा  भएको गैर आवासीय नेपाली संघको पहिलो क्षेत्रिय सम्मेलन (जनवरी २०(२३‬ २००५‬) मा भाग लिई एन आर एन ए का संस्थापकज्यूहरु संग संस्थाको बारेमा गहिरो छलफल गर्ने मौका पाएको थिए । तत्पश्चात संघका हरेक कृयाकलापलाई नजिक बाट हेर्दै र बुझ्दै आएको थिए । एनआरएनए को बारेमा केही लेख मार्फतपनी आफना बिचार प्रस्तुतगर्ने गरेको यहाहरु समक्ष निबेदन गर्दछु ।‬‬‬‬‬‬

हाल म जापानमा बाँके बर्दिया मैत्री समाज जापानको अध्यक्ष रहेको र हाम्रो संस्थाले जापानमा गरेका समाजिक कृयाकलापहरु यहाँ समक्ष अवगतनैछ , जुन बुदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

१.  जनवरी  २०१६  मा संस्था स्थापना पश्चात १३ फेब्रुवरी २०१६  मा नेपाली राजदुतावास जापानको सहकार्यमा ५ जना नेपाली स्वास्थ्य विज्ञहरुको सहभागितामा जापानका नेपाली समुदायहरुको निम्ति वृहत स्वास्थ्य सचेतना गोष्ठीको आयोजना ।

२. खेलकुदमा नयाँ पुस्तालाई आकर्षित गर्न बाँके बर्दियामा हुने बिभिन्न खेलकुद प्रतियोगितामा आर्थिक सहयोग, २०१६ मा बाँकेको नेपालगंजमा भएको राष्ट्रिय स्तरको ए डिभिजन फुटबल तथा इन्डो नेपाल प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा आर्थिक सहयोग ।

३. बर्दियाका विभिन्न ३ वटा बिध्यालायमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुको लागि अध्यन  सामग्रीका निम्ति आर्थिक सहयोग ।

४. जापानमा भैपरी आउने बिभिन्न समस्यामा आर्थिक तथा भौतिक सहयोग ।

५. नेपालबाट जापानमा बिभिन्न खेलकुदमा भाग लिन आएका खेलाडी तथा पदाधिकारीलाई सम्मान गर्ने परम्पराको  सुरुवात ।

६. फेब्रुवरी ५ , २०१७ मा नेपाली राजदुतावास, एन आर एन ए र बिभिन्न संस्थाको सहकार्यमा जापान स्थित बिभिन्न क्षेत्रका नेपाली बिज्ञहरुको सहभागितामा जापानको समग्र नेपाली समुदायका समस्या, चुनौती र सम्भावना बिषयक गोष्ठीको आयोजना ।

७. एन आर एन ए जापान संग प्रतक्ष सहभागीभै बिभिन्न अभियानमा संलग्न ।

क. २०१६ को नेपाल फेस्टिभल मुल आयोजक समितिको उपसंयोजक रही आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाएको ।

ख. एन आर एन ए जापान द्वारा गठीत नेपाली वरिष्ठ चिकित्सक सहितकोटोलीमा रही नेपाली आप्रवासी समुदायको  स्वास्थ्य सेवामा पहुच र अवस्थाको अध्ययन तथा सुझाव समितिको सदस्य रही आवश्यक कार्यगरेको ।

ग. एन आर एन ए  कान्तोको सल्लाहकार रही कान्तोमा शैक्षिक परामर्स गोष्ठीको आयोजना ।

८. जापान स्थित दर्जनौ संघ संस्थाहरुका साथै एन आर एन ए वीचको आपसिक सहकार्य हुन आवश्यक ठानी संघ संस्था प्रमुखहरुको भेला तथा राउण्ड टेबल छलफलको सुरुवात ।

९. सम्पूर्ण संघ संस्था प्रमुखहरुको व्यस्तताका बावजुद टेक्नोलोजीको भरपूर उपयोग गरी २४ घण्टा सम्पर्कमा रहनको लागी एउटा अनलाइन ग्रुपको अवधारणा ल्याई अहिले सो ग्रुपमा महत्त्वपूर्ण छलफल हुने गरेको ।

१०. यसै गरी विभिन्न कार्यमा सम्पूर्ण संघ संस्था र एन आर एन ए बिचको सहकार्यमा जोड दिने कार्यमा अहम भूमिका निभाएको उदाहरणको रुपमा जापानका लागि नेपाली नवनियुक्त महामहिम राजदुतलाई संघ संस्था तथा एन आर एन ए को संयुक्त सम्मान कार्यक्रम ।

तपाईहरु समक्ष मेरो प्रतिबद्दता

सामान्यतया संघ संस्था संचालन प्रकृयामा सचिवको जिम्मेवारी अध्यक्ष तथा महासचिवबाट दिएका कार्यहरुलाई गर्ने गराउने नै हो र सो कार्यमा मेरो क्षमताले भ्याए सम्म अत्यन्त इमान्दारीता र निष्ठाका साथ निभाउने प्रतिबद्दता गर्दछु ।

तर पनि मैले संस्था प्रमुख तथा सम्पूर्ण टिम समक्ष निम्न विषयहरुलाई कार्यन्वयनको लागि अनुरोध तथा पहल गर्नेछु । म यो स्पष्ट पार्न चाहन्छुकी म कुनै ठुला ठुला सपना या योजना बोकेर एन आर एन ए मा  आउदै छैन मलाई लागेका र महसुस भएका साथै मैले बुझेका जापानवासी सामान्य जनमानसको अपेक्षालाई नै अगाडी लिएर जानेछु जुन बुदागत रुपमा प्रस्तुत गर्न चाहन्छु।।

१.  म संस्थाको सचिव भएमा सर्बप्रथम त संस्थाको कार्यलाय ब्यवस्थापन चुस्त दुरुस्त पार्नेछु, अध्यक्ष तथा महासचिव लगायतबाट दिइएका जिम्मेवारी  पूर्णरुपमा निभाउदै क्षेत्र तथा अन्य संघ संस्था संग समन्वय गर्नेकार्यमा  मेरो क्षमताले भ्याए  सम्म पूर्णरुपमा निभाउनेछु ।

२.  कुनै पनी संघ संस्थामा सामान्य व्यक्तिको पनि पहुच हुनुपर्छ  तब मात्र त्यो वास्तम्मा साझा  संस्थाको रुपमा रहन्छ र तेसकोलागी सामान्य जनमानसको संस्था प्रतिको बुझाई अथवा धारणा सकारात्मक हुन जरुरी छ तसर्थ अहिले सर्बसाधारणको एन आर एन ए प्रतिकोे बुझाईलाई स्पष्ट पार्न जनचेतनामुलक कार्यको आयोजनामा जोड दिन पहल गर्नेछु ।

३. एन आर एन ए मा रही काम गर्नु भनेको स्वयमसेवक काम हो तसर्थ यो खर्चिलो छनै तर यो धनी व्यक्तिहरुको मात्र संस्था भन्ने बुझाइलाई स्स्पष्ट  पार्न जरुरी छ की यो सबै स्तरको व्यक्ति अट्ने साझा संस्था हो जहाँ पैसा, बुद्दी बिबेक र बलले गर्ने काम छन् तसर्थ यिनी सबै पक्षले संयुक्त रुपमा कार्य गर्न सक्ने साझा पल्याटफर्मकोे निर्माणमा जोड दिनेछु ।

४. जापान स्थित बिभिन्न क्षेत्र शिक्षा,स्वास्थ्य,  प्रबिधि, कृषि, उत्पादन, पर्यटन,खेलकुद,  हस्पिटालिटी, व्यवस्थापन लगाएतका क्षेत्रमा अध्यन र अनुसन्धानरत  नेपाली स्कलर ९विद्वान० हरुलाई एन आर एन ए अभियानमा जोड्न सके अध्ययन, अनुसन्धानस तथा उत्पादनमुलक कार्यमा नयाँ आयाम थप्न सकिन्छ भन्ने मेरो संस्थामा रही गरेको कार्यको अनुभवले प्रमाणित गरेको छ तसर्थ एउटा छुट्टै बिसिष्ट समितिे निर्माण गरी देशको उन्नतिको लागी जापानबाट सिक्दै गर्न सकिने अध्ययन, अनुसन्धानमा नेपाली स्कलर्सहरुलाई सकृय बनाउने अभियानमा जोड दिनेछु ।

५.  नेपाली रेस्टुरेन्टमा कार्यरत कुक  दाजुभाई, बिद्यार्थी,  डीपेन्डेन्ट, सरणार्थी आबेदन दिएकाहरु, ट्रेनी कामदारहरुको लागी  बिभिन्न बिमा प्रणाली , समाजिक सुरक्षा प्रणालीका बारेमा जनचेतनामुलक कार्यक्रमको आयोजना, उच्च शिक्षाको लागि अवसर तथा रोजगारीका लागी जापानका सम्बन्धित निकाय तथा नेपाली राजदुतावासको सहकार्यमा सेमिनार तथा गोष्ठीको आयोजनामा जोडदिनेछु ।

६.आघुनिक प्रबिधीको उपयोग गर्दै नेपाली समुदायमा भैपरी आउने घटनाको सूचना, सहयोग, सुझाव, जानकारी तथा कारबाहीको लागी २४ सै घण्टा हेल्पलाइन को व्यवस्था मिलाउन पहल गर्नेछु।।

७. जापानमा आउने  बिद्यार्थीहरुलाई सुरुमा कामको समस्या हुने भएकोले जापान आउनु भन्दा पहिलेनै जापानमा काम पाउने विभिन्न  माध्यमको बुकलेट अथवा अनलाईन जानकारी तयार गरी नेपालमै इन्स्टिच्युटहरुलाई वितरण  अथवा जानकारी गर्न लगाउने काममा जोडदिनेछु ।

८. अग्रज, बुज्रुक र प्रबुद्द  वर्गको सल्लाह, सुझाव र सहयोगमा जापान स्थित नेपाली राजदुतावास, राजनैतिकपार्टीका भातृ संगठन, विभिन्न  संघ, संस्था र एन आर एन ए बिवचको सम्बन्धलाई बलियो र मजबुत बनाउनको निम्ति पुलको रुपमा काम गर्नेछु ।

९. एन आर एन ए जापानलाई जापानको नेपाली समुदायको तल्लो तह देखी अन्तराष्टिय स्तरमै आर्थिक र समाजिक र सांगठनिक रुपमा मजबुत संस्था बनाउन पहल गर्नेछु ।

१०. जापानीज लगानी नेपाल भित्र्याउन, नेपाललाई जापानी समुदाय बिच परिचित गराउन , जापानिज पर्यटक नेपालजान प्रेरीत गर्ने कार्यलाई बढावादिद   पर्यटकको सुबिधाको लागी स्वदेशमा  चाहिने इन्फास्टक्चरको बिकाशमा जोडदिन सरकारलाई सुझाव र सहयोग दिने व्यबस्थाको निर्माणमा जोडदिनेछु ।

११. साथै एनआरएनए आईसीसीका योजना, एनसीसीका पुराना तथा नयाँ योजनाका कार्यन्वयनमा पहल गर्नेछु ।

धन्यबाद

जय एनआरएनए

जनक बिक्रम शाही

एनआरएनए  जापानको २०१७—१०१९‬ को सचिवपदको उम्मेद्वार‬‬‬

प्रतिक्रिया

TOP