बहुप्रतिक्षित चलचित्र ‘ग्याङस्टर ब्लुज’ टोकियोमा अगष्ट १९ मा प्रदर्शन हुने (भिडियो सहित)

साउन १६, २०७४ मा प्रकाशित | 1278 views

टोकियो ।

नेपालमा भदौ २ गतेबाट प्रदर्शनमा आउँने भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘ग्याङस्टर ब्लुज’ जापानमा पनि प्रदर्शन हुने भएको छ ।

नेपाली चलचित्र उद्योगमा आशा गरिएको चलचित्रको रुपमा हेरिएको चलचित्र ग्याङस्टर ब्लुज जापानमा अगष्ट १९ तारिखका दिन प्रदर्शन हुने भएको छ ।

जापानमा नेपाली चलचित्र प्रदर्शन गर्दै आएको टोक्यो ड्रिम्स इन्टरटेनमेन्टले चलचित्र ‘ग्याङस्टर ब्लुज’को जापानमा प्रदर्शनको अधिकार पाएको छ । टोक्यो ड्रिम्सले दिएको जानकारी अनुसार नेपालमा प्रदर्शन भएको भोली पल्टनै जापानमा प्रदर्शनको मिति तय गरिएको छ भने शनिवार हुने चलचित्रको प्रदर्शन साँझ ६ बजे प्रदर्शनको समय तोकेको छ ।

चलचित्रको लागि टिकट बुकिगं खुल्ला गरिसकेको टोक्यो ड्रिम्सले अग्रिम टिकट लिनेहरुका लाग २५ सय येन तोकेको छ ।

सरोज न्यौपानेले निर्माण लगानी गरेको सिनेमालाई हेमराज विसीले निर्देशन गरेका हुन् । यो सिनेमामा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको उत्कृष्ठ अभिनय देख्न सकिन्छ ।

चलचित्रको 'अबला' बोलको आइटम गीतमा सृष्टि कार्कीको फिचरिङ रहेको छ । जसमा कालीप्रसाद बाँस्कोटाको संगीत दिएका छन् भने बनीका प्रधान र संगीतकार बास्कोटाको समेत स्वर रहेको छ । गीतको शब्द मानस, कालीप्रसाद र एकतारेले लेखेका हुन् ।

चलचित्र ड्रिम्सको निर्माण समयमै बन्ने बताईएपनि अनमोल केसीले समय नदिएपछि नयाँ कलाकार सहित चलचित्र निर्माण भएको हो । होस्टेल, सम्वोधन, गाजलु, जेरी जस्ता सफल चलचित्रको निर्देशन गरेका हेमराज बिसिको निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टर ब्लुज’मा बिसिलेनै आशिरमानलाई छनौट गरेको बताइन्छ ।

प्रेम कथामा आधारित रहेर बनेको चलचित्र ‘ग्याङस्टर ब्लुज’मा प्रमुख नायिकाको रुपमा रहेकी आना शर्मा तिनै नायिका हुन् जो जेरी चलचित्रमा अनमोलसँगै अभिनय गरेकी थिइन् । अनमोलसँग प्रेम सम्वन्धमा समेत रहेको चर्चाका बिच उनिहरुको ब्रेकअप भएको खवरका बिच कुनै चलचित्रमा नदेखिएकी आनाको पुनरागमन भएको ‘ग्याङस्टर ब्लुज’मा जेरी चलचित्रमा भन्दा उत्कृष्ठ अभिनय रहेको र शसक्त कथा र उत्कृष्ठ अभिनय गर्ने कलाकारहरु भएकै कारण आफुले खेलेको नायिका शर्माले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web