यु–१८ बास्केटबल टोलीको बिदाइ

जेष्ठ १७, २०७३ मा प्रकाशित | 953 views

काठमाडौं,जेठ १७ ।  बंगलादेशमा हुने फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली पुरुष बास्केटबल टोलीलाई सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिदाइ गरियो ।

खेलाडीहरुमा कुन्खेनजित थिङ लामा (कप्तान), अजय कुँवर, निश्चल महर्जन, माधवप्रसाद निरौला, अजय कुश्वाहा, सौगातदीप सिंह, जसाङ सुनुवार, आशिष बस्नेत, प्रगुन महर्जन, युवराज तामाङ, शशि पराजुली तथा निकेश राखाल मगर रहेका छन् ।

प्रशिक्षकमा रविन्द्रमान महर्जन र सहायक प्रशिक्षकमा केदार बुढाथोकी तथा टिम व्यवस्थापकमा राजेश महर्जन रहेका छन् ।

जुन १ र २ तारिखमा हुने च्याम्पियनसिपमा सहभागी हुन मंगलबार बंगलादेश प्रस्थान गर्न लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web