साझा प्रकाशनमा भ्रष्टाचारः अवैध रुपमा पुस्तक छाप्दा करोडौँ नोक्सानी

साउन १२, २०७४ मा प्रकाशित | 1093 views

काठमाडौं । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डलिन्द्रप्रसाद शर्माले साझाकै लोगो अवैध रुपमा प्रयोग गरी संस्थालाई करोडौँ नोक्सानी पुर्‍याइरहेको तथ्य फेला परेको छ। शर्माले कक्षा ११ र १२ मा पढाइ हुने 'सबैको नेपाली' र 'एक चिहान', 'लिंक इङ्लिस' पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको पाइएको हो। यी तीनवटै पुस्तक ११ र १२ मा भर्ना हुने विद्यार्थी सबैले पढ्नुपर्छ।

साझा बाहिरबाट छापिएको पुस्तक बिक्री गर्दा लेखकले पाउने २० प्रतिशत रोयल्टी र साझाले पाउने नाफा १५ प्रतिशत गरी एउटा पुस्तकमा ३५ प्रतिशत नोक्सान भएको छ।

साझाले आफ्नो पुस्तक प्रकाशनमा एक हजार प्रतिभन्दा कम पुस्तक खरिदमा २५ प्रतिशतसम्म छुट दिन्छ। तर, साझाकै पुस्तक बजारमा ३० प्रतिशतसम्म छुटमा बिक्री भइरहेका छन्। साझाबाट प्रकाशित हुने 'सबैको नेपाली' पुस्तक प्रकाशन गर्दा लागत खर्च तथा लेखकको रोयल्टीसमेत तिर्दा दुई गुणा बढीमा बिक्री हुने गरेको छ। तर निजी छापाखानाबाट छापिएका पुस्तक साझाको केन्द्रीय कार्यालयमा दाखिला नगर्दा लेखकले पाउने रोयल्टीसमेत गुमेको छ।

साझाको लोगो राखेर पुस्तक छाप्ने तर साझाको विक्री केन्द्रमा दाखिला नगराई बिक्री हुँदा त्यसको रकम सीधै निजी छापाखानामा पुग्ने गरेको आजको नागरिक दैनिकले लेखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web