<h3 class="lead" style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">काठमाडौं । नेपाललाई हराउँदै अफगानिस्तान आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">मंगलबार भएको एसियाली समूहको अन्तिम छनोट खेलमा नेपाललाई ९६ रनले हराउँदै अफगानिस्तान विश्वकपका लागि छानिएको हो ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">सिंगापुरमा भएको खेलमा अफगानिस्तानले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा अलआउट हुनुपूर्व ९९ रनमात्रै जोड्न सक्यो ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">नेपालका दीपेन्द्रसिंह ऐरीले ८१ बलमा ४८ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले स्तरीय प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ अफगानिस्तानका योसुफ जाजीले ४ विकेट लिए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">अफगानिस्तानका लागि शतकीय पारी खेलेका सुरुआती ब्याट्सम्यान इब्राहिम जद्रानले ११४ बलमा ७ चौका र ५ छक्काको मद्दतमा १०१ रन बनाँउदै जितको आधार तयार पारेका थिए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यसअघि, प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई अफगानिस्तानले १४१ रनको विशाल अन्तरले हराएको थियो ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">प्रतियोगिताका सबै ६ खेल जितेको अफगानिस्तान १२ अंकसहित विश्वकपमा छनोट हुँदा ८ अंक जोडेको नेपाल दोस्रो स्थानमा समेटियो । समूहमा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपका लागि छानिने प्रावधान छ ।
20.12¡ÆC