मध्य तथा सुदूरपश्चिममा एक हप्ता लोडसेडिङ हुने, कैलाली १३२ केभी प्रशारण लाइन बन्द

साउन ७, २०७४ मा प्रकाशित | 1006 views

काठमाडौँ ।

नेपालको आन्तरिक बिजुली आपूर्तिमा प्राविधिक खराबी हुँदा र भारतबाट आयात हुने बिजुली कम हुँदा मध्य बर्खामा मध्य तथा सुदूरपश्चिममा लोडसेडिङ हुने भएको छ ।

बाढी, पहिरोले नदी तथा जलाधार क्षेत्रमा आएको ढुङ्गा, माटो तथा अन्य फाहोरपदार्थले निजी क्षेत्रका आयोजनामा क्षति पुगेर विद्युत् आपूर्ति हुन नसक्दा यस क्षेत्रमा एक हप्तासम्म लोडसेडिङ हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय प्रशारण लाइनमा विद्युत् आपूर्ति कम भएकाले मध्य तथा सुदूरपश्चिममा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण भार सम्प्रेषण केन्द्रका उप प्रवन्धक दिपक धितालले बताउनुभयो ।

केही निजी क्षेत्रका जलविद्युत् आयोजनामा बाढी पहिरोको क्षतिले बन्द गर्नुपर्दा र भारतबाट आउनुपर्ने बिजुली आपूर्तिमा केही समस्या आएकाले कोहलपुर – महेन्द्रनगर प्रशारण लाइनका दोस्रो सर्किट नयाँ भूरीगाउँ सव स्टेशनमा जोड्ने कार्य गर्दा कोहलपुर –लम्की कैलाली १३२ केभी प्रशारण लाइन बन्द गर्नुपर्ने भएकाले सो क्षेत्रमा बिजुली आपूर्ति नभएको उहाँले बताउनुभयो ।

सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा महेन्द्रनगर –अत्तरिया सव स्टेशन र लम्की सव स्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा दैनिक चार घण्टा लोडसेडिङ हुने केन्द्रले जनाएको छ ।  महाकाली सन्धि अनुसार टनकपुरबाट प्राप्त गर्नुपर्ने बिजुली पनि प्राप्त हुन नसकेको बताइएको छ ।

टनकपुर प्रशारण लाइनमा केही प्राविधिक समस्या आएपछि भारतबाट आयात हुने करिब ४० मेगावाट बिजुली आपूर्ति ठप्प भएको केन्द्रका उपप्रबन्धक धितालले बताउनुभयो ।  सो क्षेत्रमा पिक आवरमा ४५ मेगावाट र बिहान र साँझ ३५ देखि ३८ मेगावाट माग भएको तर टनकपुर क्षेत्रबाट अधिकतम् ३२ देखि ३५ मेगावाट मात्र आपूर्ति भएकाले लोडसेडिङ गर्नुपरेको उहाँले बताउनुभयो ।

यता ६५ मेगावाट उत्पादन क्षमता भएको माथिल्लो मोदी पनि पूर्ण रुपले बन्द हुने भएको छ ।  जसले गर्दा राष्ट्रिय प्रशारण लाइनमा आगामी साउन १५ गतेबाट माथिल्लो  मोदीको बिद्युत् आपूर्ति नहुने भएको छ ।

कुशाहा– कटैया प्रशारण लाइनबाट १०० मेगावाट आयात भइरहेको भएपनि भारतीय पक्षले प्राविधिक गडबढीका कारण देखाई जम्मा ६० मेगावाट बिजुली मात्र आयात भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web