काठमाडौं ।

प्रहरीले चर्चीत लोक गायक बद्री पंगेनी, एक महिला सहित ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३ धारापानी स्थित श्यामलाल सुनारको घरमा जुवातास खेलिरहेका अवस्थामा १ महिला र १० पुरुषलाई प्रहरीले मंगलबार नगद २ लाख ४ हजार रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

प्रहरीले यस सम्वन्धमा अनुसन्धान भइरहेको बताएको छ ।

यद्यपी महाराजगञ्ज प्रहरी श्रोतका अनुसार पक्राउ परेकाहरुलाई चेतावनी सहित छाड्न प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

15.97¡ÆC