मोटर साइकल चढ्नेले ४ सय कार, जीप, भ्यान लगायत निजी चार पाङ्ग्रे सवारी एक हजार रुपैयाँ तिर्नुपर्ने

साउन ३, २०७४ मा प्रकाशित | 1111 views

काठमाडौं। काठमाडौं महानगरबासीले दुई चक्के सवारी साधन चढे बापत महानगरपालिकालाई वार्षिक ४०० रुपैयाँ कर तिर्नु पर्ने भएको छ। महानगरले आर्थिक वर्ष २०७४र७५ को बजेटमा इन्जिनबाट चल्ने जुन सुकै दुई पाङ्ग्रे सवारी साधनले बर्षको ४ सय रुपैयाँ सवारी कर तिर्नु पर्ने व्यवस्था गरेको हो।

यस्तै कार, जीप, भ्यान लगायत निजी चार पाङ्ग्रे सवारी साधन बापत एक हजार रुपैयाँ कर लाग्ने भएको छ। टेम्पु, ट्र्याक्टर जस्ता साधनबाट पनि एक हजार नै कर लिने महानगरले जनाएको छ।

मिनी बस, मिनी ट्रक वा त्यही प्रकृतिका अन्य चार पाङ्ग्रे साधनको बार्षिक दुई हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ। ठूला बस, ट्रक लगायत साधनले तीन हजार, हेभी गाडी, डोजर, क्रेन जस्ता साधनको बार्षिक चार हजार रुपैयाँ कर लाग्ने महानगरले जनाएको छ।

कृषि कार्यमा सञ्चालन हुने सवारी साधनको हकमा भने तोकिएको दरमा ५० प्रतिशत कर छुट हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web