काठमाडौं ।

संसदीय विशेष सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

संवैधानिक परिषदले प्रधानन्यायाधिशमा सर्वोच्च अदातलका वरिष्ठ न्यायाधिश पराजुलीको नाम सिफारिश गरेकोमा समितिको आज बसेको बैठकले उहाँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समिति बैठकमा सांसदहरुले प्रस्तावित प्रधानन्यायाधिश पराजुलीसँग न्यायमा सर्वसाधारणको पहुँच, छिटो छरितो र सरल न्याय, न्यायालयभित्र सुशासन र शक्ति पृथकीकरणसँग सम्बन्धित प्रश्नहरु गर्नुभएको थियो ।

कायममुकायम प्रधानन्यायाधिश पराजुलीले अदालतले सधै निश्पक्ष र स्वतन्त्र फैसला गर्ने तर कहिलेकाहीँ समय र परिस्थितिका कारण त्यसको निश्पक्षतामाथि प्रश्न खडा गर्ने गरिएको बताउनुभयो ।

20.87¡ÆC