काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध रु दश अर्ब दुई करोड रुपैया भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

कर निर्धारण गर्दा अनियमितता गरेको आरोपमा आयोगले महानिर्देशक शर्मासहित कर फछ्र्याेट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध रु १० अर्ब दुई करोड १९ लाख रु बिगोसहितको मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।

आयोगले गत असार २९ गते तीन जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

आयोगको इतिहासमै यो सबैभन्दा ठुलो भष्टाचार सम्बन्धी बिषय हो ।

शर्मा अहिले पनि आयोगको हिरासतमा छन् ।

17.16¡ÆC