काठमाडौं,जेठ १६ । इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि सनराइज हैदारावादले जितेको छ । बैंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममामा आईतवार भएको फाईनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराँउदै उपाधि हात पारेको हो । टस जितेर व्याटिङ गर्दै हैदरावादले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको बैंगलोर २ सय रनमा समेटिदै उपाधि गुमाउन पुग्यो । बैंगलोरको लागि पहिलो विकेटका लागि विराट र गेलले ११४ रनको साझेदारी गरेपनि उपाधि दिलाउन सकेनन् ।

तेस्रो नम्बरमा आएका एबिडि ब्लेयर्सले ५ रन बनाएर आउट भए। यस्तै टिमका लागि के एल राहुल र शेन वाट्सनले समान ११-११ रन बनाए। हैदारावादका लागि बेन कटिङले २ तथा विपुल शर्मा,रहमान र विरेन्द्र शरणले समान १-१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदारावादका लागि डेभिड वार्नरले सर्वाधिक ६९ रन बनाए। यस्तै बेन कटिङले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३८ रनको नटआउट पारी खेले। यस्तै युवराज सिंहले ३८ रन बनाए। शिखर धवनले २८,युवराज सिंहले ३८ रन,बेनले नट आउट ३९ बनाउनु बाहेका अन्नले राम्रो प्रदर्शन गर्न सकेनन् ।बैलोरका लागि क्रिश जोर्डनले सर्वाधिक ३ विकेट लिए। यस्तै अर्बिन्दले २ तथा चहलले १ विकेट लिए।

24.12¡ÆC