ज्याक खड्का-टोकियो ।

रक्तदानको महत्वबारे प्रचार गर्न विश्व साइकल यात्रामा निक्लेका दुई युवालाई पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले सम्मान र सहयोग गरेको छ ।

संस्थाको तर्फबाट भूपि गोविन्द श्रेस्ठ, कुमार कार्कि, डिल्ली राम सिवाकोटि, सुशीला प्रासाईले विश्व साईकलयात्री युबराज बिक्रम मैनाली र भेष बहादुर कंडेललाई स्वागत र सम्मान गर्नुभएको हो ।

संस्थाले मैनाली र कंडेलले सकारात्मक सन्देश फैलाउँदै नेपालको नाम संचारभर प्रचार गराउने राम्रो काममा लागेको भन्दै सबैसँग सहयोग गर्न अनुरोध समेत गरेको छ ।

पर्वत जिल्ला पाङग्राङ ४ का भेषराज कडेँल र झापा कन्काईका युवराज मैनाली विभिन्न १५ देशको यात्रा पछि १६ औ देशको रुपमा जापान आईपुगेका छन् ।

विश्वलाई रत्तदानको सन्देश दिने उद्धेश्यले ६ महिना अघि यात्रा सुरु गरेका कँडेल र मैनालीले रगतको अभावमा विश्वमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नआओस भन्ने सन्देश फैलाउन आफुहरुले साईकल यात्रा थालेको र यस क्रममा नेपालको सगरमाथा र गौतमबुद्धको बारेमा समेत जानकारी प्रचार गर्दै हिँडेको बताए ।

साइकल यात्रीहरुले नेपालबाट थालेको यात्रा श्रीलंका, भारत, बंगलादेश, माल्दीभ्स, म्यानमार, भियतनाम, कम्बोडिया, लावोस, थाईल्याड, मलेसिया, सिंगापुर, ब्रुनाई, इन्डोनेसिया, फिलिपिन्स, ताईवान हुँदै जापान आइपुगेका हुन् ।

जापानको यात्रापछि दक्षिण कोरियाको यात्रामा निक्लन लागेका साइकल यात्रीहरुले आफुहरु पुगेको देशमा विभिन्न संघसंस्था सहित गैरआवासिय नेपाली संघठन र व्यक्तिहरुले सहयोग गरेको स्मरण गरे ।

मलेसिया र फिलिपिन्समा भने आफुहरुको सामान चोरी हुँदा समस्यामा परेको भन्दै साइकल यात्रीहरुले नेपालीहरुबाट मिलिरहेको सहयोगले उत्साह थपेको बताए ।

२५ पटक रक्तदान गरीसकेका मैलालीले रक्तदान गर्दा कमजोर हुन्छ भन्ने भ्रम हरेक देशमा रहेको पाइएको भन्दै यस्तो भ्रम चिर्नका लागि समेत विश्व साईकल यात्रा फलदाई हुने विश्वास व्यक्त गरे ।

५ वर्षमा १ सय ५० दैशको यात्रा गर्ने लक्ष्य सहित साईकल यात्रीहरुले यात्राका क्रममा बुद्धको देशमा भ्रमणका लागि निम्ता दिएको र देशको पर्यटन प्रद्धनमा समेत टेवा पुगोस भन्ने उदेश्यले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश घुम्न सन्देश फैलाउने काम गरिरहेको बताए ।

सो अवसरमा पुर्बेली विकास केन्द्र, व्यक्तिगत रुपमा कुमार कार्कि लगायतले विश्व साइकल यात्रीहरुलाई आर्थिक सहयोग गरेका थिए ।

20.98¡ÆC