भक्तपुर ।

जापानी नागरिकहरुको एक समुहले भक्तपुरको चाँगु नारायणमा करिव तीन हजार बिरुवा रोपेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण स्थललाई संरक्षण गर्ने उद्देश्यले नेपाल भ्रमणमा रहेका तीस जना जापानी नागरिकले २ हजार ८ सय ८३ बिरुवा बृक्षारोपण गरेका हुन् ।

जापानको योकोहामा सिटी विश्वविद्यालय र यामदा वी कम्पनीका कर्मचारी प्रत्येक वर्ष असारमा नेपाल आएर चाँगुनारायण मन्दिर परिसरमा परम्परागत चाँपको वन पुनःस्थापना गर्ने अभियानमा जुट्दै आएका छन् ।

चाँगुनारायणमा परम्परागत चाँपको वन पुनःस्थापना गर्न स्थानीयवासीको सहयोगमा जापानी समूहले विसं २०७१ देखि वृक्षरोपण गर्दै आएको हो । यहाँ हालसम्म १३ जातका १० हजारभन्दा बढी बिरुवा रोपिएको कार्यक्रम संयोजक एवम् जापानमा कार्यरत नेपाली अन्तर्राष्ट्रिय कानून व्यवसायी बलराम श्रेष्ठले बताए ।

जापानी विज्ञहरुको यो समुहले नेपालकै रैथाने बोट बिरुवाहरु जापानी मियावाकी प्रविधिबाट रोप्न सुझाव दिंदै यसमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव हेमलाल अर्यालले प्राकृतिक प्रकोपको जोखिम रहेको भिरालो जमिनमा जापानीले विकास गरेको ‘मिवायाकी’ विधिले बिरुवा रोप्दा जोखिम न्यूनीकरण भएकाले चुरे क्षेत्रमा प्रयोग गर्न अध्ययन सुरु भएको जानकारी दिए ।

“‘मिवायाकी’ विधि भनेको ठाउँअनुसारको स्थानीय प्रजातिका बिरुवालाई रोप्ने, आयातित बिरुवालाई हटाउने विधि हो । यसरी रोपिएको बिरुवाले जमिनको माटोलाई राम्रोसँग समात्ने भएकाले प्राकृतिक प्रकोप न्यूनीकरणमा जापानमा सहयोग पुगेको भन्दै नेपालमा पनि यही अनुसार बृक्षारोपण गरिन थालिएको अर्यालले सो अवसरमा बताए ।

चाँगु क्षेत्रमा यो विधिबाट बिरुवा रोप्दा पहिरोको जोखिममा परेको चाँगुनारायण मन्दिरलाई आड पुगेको दोलागिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक पञ्चनारायण भँडेलले अनुभव सुनाए ।

कार्यक्रममा जापानको योकाहामा सिटी विश्वविद्यालयकी प्रा डा काजुए फुजिवाराले विसं २०७६ देखि चुरे क्षेत्रमा पनि यो विधिबाट वृक्षरोपण गर्न अनुसन्धान सुरु गरिएको बताए ।

यो विधिबाट चाँगु वनमा चाँप, चिलाउने, लाँकुरी, काफल, सुगन्ध कोकिला, फलाँट, तेजपात, प्वाँले, पैयुँ, कटुस, खरी, रुद्राक्ष र कनिके जातका बिरुवा रोपिएको हो ।

नेपाल र जापान सम्बन्धको ६१ वर्ष पुगेको अवसरमा यामादा मौरीपालन संस्था र योकोहामा सहरी विश्वविद्यालयको संयुक्त आयोजनामा ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा वृक्षारोपण ५ लाख भन्दा बढी रुख विरुवाहरु रोपिएको छ ।

जापानी प्रोफेसर डा।आकिरा मियावाकीले विकास गरेको यो प्रविधिमामार्फत् विश्वका विभिन्न देशहरुमा करिब २२ लाख भन्दा विरुवाहरु हुर्काइएको जानकारी दिएका छन् ।

चाँगुुनारायणको वन पुनःस्थापना गर्न मियावाकी प्रविधिबाटै हजारौ कटुस, रुद्राक्ष, पैंयू, खरीलगायतका १४ प्रकारका स्थानीय रुख विरुवाहरु रोपिएको छ ।

19.77¡ÆC