ललितपुरको बजेट ३ अर्ब २२ करोड ९१ लाख रुपैयाँ

असार ३१, २०७४ मा प्रकाशित | 849 views

ललितपुर ।

ललितपुर महानगरपालिकाको प्रथम नगरसभा आज शुरु भएको छ ।

ललितपुर महानगरपालिकाले बजेटमा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक उर्जाको प्रवर्द्धनलाई प्राथमिकता  दिएको छ ।

नगरसभामामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७४÷०७५का लागि ३ अर्ब २२ करोड ९१ लाख रुपैयाँको बजेट  सार्वजनिक गर्नु भयो ।

बजेट मध्ये २ अर्ब ८० करोड रुपैयाँ विकास बजेट तथा ४३ करोड १२ लाख रुपैयाँ बजेट चालु खर्चका लागि विनियोजन गरिएको महानगरपालिकाका प्रमुख महर्जनले बताउनु भयो ।

बजेटमा महानगरका प्रमुख महर्जनले कुल बजेटमध्ये १ अर्ब २२ करोड आन्तरिक श्रोतबाट ब्यवस्थापन गर्ने जानकारी दिनु भयो । उहाँका अनुसार बजेट मध्ये २८ करोड नेपाल सरकारको को सशर्त अनुदान र ५६ करोडको वित्तीय समानीकरण अनुदान र बहुवर्षीय सडक विस्तार तर्फको १० करोड, विभिन्न कार्य तथा परियोजनाका लागि २६ करोड र वैदेशिक सहायता अनुदानतर्फ ७७ करोड गरी कुल ३ अर्ब २२ करोड रुपैयाँका आधारमा बजेट वियिोजन गरिएको हो ।

त्यसैगरी, महानगरको नीति तथा कार्यक्रममा सांस्कृतिक सम्पदाको पुनर्निर्माण, पर्यटनको माध्यमबाट आथिर्क विकास र बाल तथा वातावरणमैत्री स्थानीय शासन एबम् पूर्ण सरसफाईलाई पनि बजेटले आफ्नो प्राथमिकताका रुपमा लिएको छ ।

महानगरले अबको ५ वर्ष ललितपुर महानगर सुधार र विकासको वर्षहरु हुने भन्दै दूरगामी लक्ष्यहरु राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web