काठमाडौं ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा।गोविन्दराज पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आज शिष्टाचार भेट गरी काठमाडौँ र पाटन दरबार स्क्वायरको पुनःनिर्माणमा जापानले प्रदान गरेको आर्थिक सहयोगको परिचालनबारे चासो राख्नुभएको छ ।

सो अवसरमा डा। पोखरेलले पुनःनिर्माणमा पछिल्लो समय उल्लेख्य प्रगति भएको जिकिर गर्दै आगामी आर्थिक बर्षमा पुनःनिर्माण थप उल्लेखनीय रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

जापानी राजदूतले भेटमा आवश्यक परेमा थप सहयोग गर्न जापान तत्पर रहेको भन्दै पूर्ननिर्माणको कामलाई गतिदिन आग्रह गरेको बताइएको छ ।

17.58¡ÆC