<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ १६ । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्य सचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवको टिम आइतबार विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मुख्य–सचिव टिमले प्रधानमन्त्री टिमलाई ३–२ गोलले पराजित ग¥यो ।</span><br></p><p>निर्धारित ६० मिनेटको खेलमा मुख्य–सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोक सेवा आयोगका सचिव माधव रेग्मीले १ गोल गरे । प्रधानमन्त्रीको टोलीबाट कानून मन्त्री अग्नि खरेल र श्रम तथा रोजगार मन्त्री दीपक बोहराले १–१ गोल गरे ।</p>
17.12¡ÆC