काठमाडौँ । चर्चित हाँस्यकलाकार द्धय धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे अभिनित छोटो सिनेमा हरियो बिल्लाको एक गीतको भिडियो सार्बजनिक भएको छ ।

केही समय अघि मात्रै ट्रेलर सार्बजनिक गरिएको हरियो बिल्लाको सरसफाई सम्बन्धि गीत सार्बजनिक गरिएको हो ।

दिनेश कुमार थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको सार्बजनिक आउँ हामी खानेपानी सरसफाईको कुरा गरौं बोलको गीतमा राजेश पायल राईको आवाज सुन्न सकिन्छ । सरसफाई सम्बन्धि बिषयलाई उठान गरि निर्माण गरिएको यस छोटो सिनेमा अर्को साता सामाजिक सञ्जाल युट्युव मार्फत सार्बजनिक गरिने निर्देशकद्धय धुर्मुस सुन्तलीले जानकारी दिएका छन् ।

दुषित खानेपानी तथा फोहोर मैला व्यवस्थापन नगर्दा हुनसक्ने जोखिमका बिषयमा निर्माण गरिएको यस सिनेमा पुर्णत सन्देश मुलक भएको बताईएको छ । अघिल्लो साता एक ट्रेलर रिलिज गरेपछि दर्शकले यस सिनेमालाई पनि कमेडि सिनेमा भनेर बुझिरहेका थिए । तर यस बिषयमा धुर्मुस सुन्तली भने यो सिनेम कमेडि जनरामै निर्माण भएपनि यसले सन्देश मात्र दिन खोजेको बताएका छन् ।

‘सिनेमामा सन्देश संग संगै कमेडि पनि सिनेमामा हुनेछ’ सिनेमाका निर्देशक सिताराम कट्टेलले भने ‘हामीबाट दर्शकले जुन कमेडिको आशा राख्नुभएको हुन्छ त्यो प्रकृतीको कमेडि भने यसमा छैन् ।’

धुर्मुस सुन्तली संगै कमलमणी नेपाल, अनिता बैजु, मञ्जु केसी, यादव देवकोटा, सुरज सुनुवार, ईन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको यस सिनेमालाई दिपक आचार्यले लेखेका हुन् । शुभ मिडिया होमले निर्माण गरेको यस सिनेमाको प्रमुख कार्यकारी निर्माताका रुपमा सरोज ओली रहेका छन् ।

27.12¡ÆC