भ्रष्टाचार गरेको ठहरपछि ब्राजिलका पूर्व राष्ट्रपतिलाई नौ वर्षको जेल सजाय

असार २९, २०७४ मा प्रकाशित | 1322 views

काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति लुईज इनासिओ लुला दि सिल्भाले भ्रष्टाचार गरेको ठहर भएको छ ।

लुलामाथि लागेको भ्रष्टाचारको मुद्दामा अदालतले साँढे नौं वर्षको जेल सजायँ हुने फैसला सुनाएको हो ।

राज्य नियन्त्रित तेल कम्पनी पेट्रोब्रासबाट घूषस्वरुप अपार्टमेन्ट लिएको भन्ने आरोपको लुलाले भने अस्वीकार गर्दै आएका छन् ।

सुनुवाई पूर्णतः राजनीतिबाट प्रेरित रहेको भन्दै उनले आफूले कुनै गलत काम नगरेको दावी गरे । उनीमाथि अरु चार मुद्दा अझै सुनुवाई हुने बाँकी रहेको छ ।

लुलाले सन् २०११ सम्म आठ वर्ष राष्ट्रपतिका रुपमा काम गरेका थिए ।

आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा विपक्षी वामपन्थी समूह वर्कर्स पार्टीबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएका लुलालाई यस फैसलाले झट्का लागेको छ ।

अदालतले भने गलत ढंगले ठेक्का दिलाउन लुलाले घूष लिएको ठहर गरेको हो । फैसलाविरुद्ध पुनरावेदन गरिने लुलाका वकीलले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web