एजेन्सी ।

सिमा क्षेत्रमा कडाई गरेपछि उत्तर कोरिया छाडेर भाग्ने नागरिकको संख्यामा कमी आएको छ ।

दक्षिण कोरियाली समाचार संस्थाहरुले उल्लेख गरे अनुसार युद्धको अवस्थामा रहेको उत्तर कोरियाले देश छाडेर भागेका आफ्ना नागरिक मार्फत देशको सूचना चोरी हुन थालेको भन्दै सिमामा कडाई गरेपछि देश छाडेर भाग्ने नागरिकको संख्या घटेको बताइएको छ ।

दक्षिण कोरिया र चीनतर्फ यसरी भाग्ने गरेका सयौं उत्तर कोरियाली मध्ये अधिकाशं महिला रहेको समेत बताइएको छ ।

उत्तर कोरियाको डिएमजेट बाट दुई देशतर्फ भागेर जानेहरुको संख्या गत छ महिनामा अघिल्लो बर्षको तुलनामा कम भएको बताइएको छ ।

यस बर्षको सुरुको छ महिना अथवा यस बर्षको सुरुवातदेखि जुन महिनासम्मको अवधिमा यसरी नागरिक भागेर दक्षिणतर्फ आउनेको सङ्ख्या ५९३ रहेको समाचारमा उल्लेख छ । यद्यपी अघिल्लो बर्ष यसरी भागेर जानेको संख्या कति थियो भन्ने खुलाइएको छैन ।

यसरी भागेर दक्षिण कोरिया पुगेका उत्तर कोरियालीहरु पश्चिमा देश तथा अमेरिका जाने गरेको बताइन्छ । साथै चीन पुग्नेहरु भने अधिकाशं चीनमा नै रहने गरेका कारण दक्षिण कोरिया पुग्नेहरुको संख्या चीनको तुलनामा अधिक रहेको छ ।

कडा सरकारी नियम, स्वतन्त्रताको कमी तथा आर्जन गरेको सम्पत्ती सरकारी नियन्त्रणमा हुनु एवं कडा दण्ड सजायका कारण स्वतन्त्रताको खोजिमा जाने उत्तर कोरियालीहरुलाई दक्षिण कोरियाले आश्रय दिंदै आएको छ ।

पछिल्लो पटक अन्तर महादेशिक्ष क्षेप्यास्त्र परिक्षण गरेपछि थप विवादमा आएको उत्तर कोरियाका पुरुषहरु काममा बढी व्यस्त रहने र फर्सत कम पाउने भएका कारण महिलाको तुलनामा पुरुषहरु कम भाग्ने गरेको बताइन्छ ।

20.12¡ÆC