काठमाडौं ।

नेपाल भ्रमणमा रहेका जापानी उपविदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

नेपाल भ्रमणमा रहेका जापानका संसदीय उपविदेश मन्त्री कियोशी ओडावाराले मंगलबार राष्ट्रपतिसँग शीतल निवासमा शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

भेटमा नेपालस्थित जापानी राजदूत एवम् नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी थिए ।

भेटमा राष्ट्रपति भण्डारीले जापानले नेपालको विकास र पूर्वाधारमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिंदै आगामी दिनमा सहयोग जारी रहने र दुई देशबिचको सम्वन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको बताइएको छ ।

जापानी उपविदेशमन्त्री कियोशी ओडावाराले नेपाल र जापानबिच रही आएको सुमधुर कुटनीतिक सम्वन्ध ६० बर्ष पार गरेको तथा दुई देशबिच रहेको मित्रताको चर्चा गरेका थिए ।

यसैबिच उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग पनि जापानी उपविदेशमन्त्री ओडावाराले शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

जापानले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले हालै जापान सरकारले नौबिसेदेखि नागढुङ्गासम्म बन्न लागेको सुरुङ मार्ग र पोखरामा खानेपानी परियोजनामा पु¥याएको ठूलो सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

जवाफमा मन्त्री ओडावाराले नेपालमा लगानी गर्न चाहने जापानीका लागि अन्तर्राष्ट्रियस्तरको लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेका थिए ।

उनले सन् २०२० मा जापानमा हुने ओलम्पिक प्रतियोगितामा नेपाल र जापानका बीचमा सहकार्य गरेर अगाडि बढ्ने बताएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

19.29¡ÆC