लोकमानलाई कालोमोसो दल्ने बिप्लवका कार्यकर्ताले रुकुममा कालोमोसो आतंक मच्चाए !

असार २८, २०७४ मा प्रकाशित | 1136 views

रुकुम ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुकुममा सरकारी कर्मचारी माथी कालोमोसो आतंक मच्चाएको छ । पार्टीको निर्णय अनुसार जिल्लाका केहि सरकारी कर्मचारी माथी सार्बजनिक स्थलमै कालोमासो लगाएर बजार घुमाएपछि अन्य कर्मचारीहरुमा पनि आतंक फैलिएको छ । अहिले रुकुम जिल्ला स्थित बिभिन्न विकासे सरकारी कार्यालयहरुमा कार्यरत प्राबिधिक र आर्थिक फाँटमा कार्यरत कर्मचारी सबैभन्दा बढी आतंकमा छन ।

असार मसान्तको कामको चाप र आर्थिक भुक्तानी दिने यो समयमा यसरी सिलसिला रुपमा घटना घटाईएको छ । एक साता बिचमा जिल्ला समन्वय समिति र खानेपानी तथा सरसफाई सब भिडिजिनका दुई जना ईन्जिनियरलाई कालोमोसो दलेपछि यसरी कर्मचारी तन्त्रमा आतंक फैलिएको हो ।

अभियानको नेतृत्व लोकमानलाई कालोमो दल्ने चन्द्रबहादुर बुढा

जिल्लामा कर्मचारीमाथी कालोमोसो दल्ने कार्यको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी रुकुमले गरेको छ । जसको जिल्ला सेक्रेटरी निलम्बित अख्तियार प्रमुख लोकमासिह कार्कीलाई कालोमोसो दलेर चर्चामा आएका चन्द्रहादुर बुढा छन । भ्रष्टाचारी र अनियमितता गर्ने कर्मचारीमाथी पार्टीको योजना अनुसार नै कालोमासो दलिएको उनले बताए ।

‘हामी भन्दापनि जनता आफै अग्रसर, सहभागीता र सूचना दिएर भ्रष्टाचारी कर्मचारीमाथी ठिक पार्न लागेका हुन हाम्रो पार्टीले त कारबाहीको लागि प्राबिधिक सहयोग गरेको मात्र हो’  सेक्रेटरी बुढाले भने, ‘नैतिकबान र ईमान्दार कर्मचारी आतंकित हुन आवश्यक छैन तर जनताको पसिना र श्रममा भ्रष्टाचार गर्ने कर्मचारीलाई छोडिनेवाला छैन ।’

प्रहरी प्रशासनलाई जिल्लाका बिभिन्न ठाउँमा सरकारी कर्मचारी र कार्यालय मार्फत भएको भ्रष्टाचारको जानकारी गराउदा पनि कुनै सुनुवाई र कारबाही नभएपनि आफ्नो पार्टीले त्यसको नेतृत्व गरेको उनको भनाई रहेको छ । चुनाबको समयमा शान्तिपुर्ण आन्दोलन गरिरहेका आफ्ना कार्यकर्ताहरुलाई बिना कमजोरी महिनौ थुनेर दुख दिएको भन्दै यसले यर्दा हाम्रो पार्टी र जनतामा पनि प्रहरी प्रशासनप्रति बिश्वास नहुँदा यसरी कारबाही अभियान चलाउनु परेको उनको भनाई रहेको छ ।

‘हामीले सुखमन खान पाएका छैनौं, बस्न पाएका छैनौं प्रहरीले निरन्तर हाम्रो पिछा गरिहेको छ’ चन्दा माग्दा नदिएर कालोमोसो दल्नु भएको भन्ने तपाईहरुलाई आरोप छ नी भन्ने प्रश्नमा उनले भने, ‘हिजोआज त्यस्तो हाम्रो कुनै चन्दा माग्ने योजना छैन, चन्दा नदिएर यसो गरिएको पनि होईन, यो त केवल जनताको सूचना र मागलाई सम्बोधन गरेको मात्र हो, दैनिकजसो पार्टीलाई नराम्रा कर्तुत सहितका सूचना आईरहेका छन, सूचनाहरुको हामी संग चाङ छ कुनै दिन सार्बजनिक गछौं ।’ दाङ पढ्न जाँदै गरेका बिद्यार्थी प्रेम बोहरालाई यहि बिषयलाई लिएर पक्राउ गरिएको भन्दै भ्रष्टाचार बिरुद्धको अभियानमा सहयोग गर्नुको साटो उल्टै पक्राउ हुदै जाने हो भने झन ठुलो समस्या हुने उनको भनाई रहेको थियो ।

कालोमासो दलि माग्ने यी हुन कर्मचारी

आधिकारी ट्रेड युनियन रुकुमले मंगलबार एक बिज्ञप्ती जारी गर्दै घटनाको भत्सना र दोषी उपर कारबाहीको माग गरेको छ । बिज्ञेप्तीमा पार्टीको नाम उल्लेख नगरिएको भएपनि अज्ञात समुह उल्लेख गरिएको छ । बिज्ञप्तीमा खानेपानी तथा सरसफाई भिडिजन कार्यालय रुकुमका ईन्जिनियर सन्दिप शाह र जिल्ला समन्वय समिति रुकुमका सबईन्जिनियर चिताराम खड्कालाई कालोमसी लगाई कानुनको बर्खिलाप गरेको उल्लेख गरिएको छ ।

अध्यक्ष बिश्व केसीद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा यसले गर्दा कर्मचारी तन्त्रमा त्रास, आंतंक र भयको अवस्था सृजना भएको भन्दै प्रहरी प्रशासनको ध्यानकार्षण गरिएको छ । शाहलाई यहि असार २६ र खड्कालाई २२ गते बिभिन्न योजनामा भ्रष्टाचार गरेको भन्दै रंगेहात भेटाएर कालोमासो दलिएको बताईएको छ ।

दोषीउपर कारबाही हुन्छ, सबैले उच्च मनोबलका साथ काम गरौं ः प्रजिअ

रुकुमका प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले यस्ता क्रियाकलाप गर्नेहरुलाई कारबाही हुने भन्दै सबै कमचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेका छन । अहिले यो ब्यक्ति र यो पार्टी किटान नभएको बताउदै केहि संलग्न पक्राउ गरि थप अनुसन्धान भैरहेको उनको भनाई रहेको छ । ‘कर्मचारीहरु उच्च मनोबलका साथ काम गर्नुहोस भनेका छौं, त्यस्ता गतिबिधीहरुको प्रहरी प्रशासन सक्रिय भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारबाही हुन्छ’ उनले भने ‘कालोमोसो भन्दापनि सरकारी कर्मचारी माथी कालोमसी फालिएको छ, राज्यको कानुन भन्दा ठुलो कोहि छैन, प्रहरी प्रशासन कानुनको कार्यन्वयन र पालना गर्न गराउन सक्रिय छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web