नेपालको प्रतिष्ठा दाउमा राखेर एडीबीको जागिर खान गए मुख्य सचिव सोमलाल सुवेदी

असार २८, २०७४ मा प्रकाशित | 1383 views

काठमाडौं ।

देशकै प्रतिष्ठीत सरकारी पदमा रहेर पदबाट राजीनामा समेत नदिइ बिदेशी कम्पनीमा जागीर खान जाने  पहिलो मुख्य सचिव बनेका छन् सोमलाल सुवेदी । नेपाल सरकारका बहालवाला मुख्यसचिव रहेका सुवेदी एडीबीको जागिर खाने पक्का भएको छ ।

अझ दुखद कुरा त के भने सरकारी जागिर पनि नछाड्ने अनि एडीबीको जागिर समेत खान जाने पक्का भएका सुवेदीले एडीबीको जागिर सुरु गर्न लागेपनि सरकारी पद नछाड्ने भएका छन् । यसको कारण भने एडीबीको जागिर राम्रो नभए फेरी सरकारी जागिर मै फर्कने उनको दाउ छ ।

एडीबीको जागिरका लागि फिलिपिन्सको मनिला जान लागेका मुख्यसचिव सुवेदी मंगलबार सिंहदरबारबाट विदा भएका छन् । सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ ।

गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । तर, उनी राम्रो कमाई हुने भएकै कारण सरकारी जागिर नत्यागी काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशक बन्न जान लागेका हुन् ।

साउन १ गतेदेखि एडीबी कार्यालयमा हाजिर हुन लागेका सुवेदी संभवत नेपालको इतिहाँसमै मुख्य सचिवले पदबाट राजीनामा समेत नदिई बिदेशी संस्थाको जागिरे भएको पहिलो घटना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web