काँग्रेसबाट निर्बाचित दलित महिला सदस्यको हत्या

असार २७, २०७४ मा प्रकाशित | 1081 views

रुकुम ।

रुकुमको पुथाउत्तरगंगा गाउँपालीका ७ की दलित महिला सदस्यको हत्या भएको छ ।

वडा नम्बर ६ जाङकी नवनिवार्चित दलित महिला सदस्य २७ बर्षिय बयानसरी कामीको हत्या भएको हो ।

घरेलु हतियार प्रयोग गरि हत्या गरेको आरोपमा उनकै श्रीमान ३८ बर्षिय टेक बहादुर कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रबक्ता प्रहरी निरिक्षक थमन रजाँलीका अनुसार घरायसी झगडाको बिषयलाई लिएर श्रीमानबाटै श्रीमतिको हत्या गरेको प्रारम्भक अनुसन्धानबाट बुझिन आएको जानकारी दिए । उनका अनुसार मृतक बयानसरी गर्भवति समेत रहेको जानकारी आएको भएपनि पोष्टमाटम रिपोर्ट पछि थप जानकारी आउने छ ।

‘परिवारका अन्य सदस्यको उजरीमा आधारमा अहिले श्रीमान पक्राउ गरि प्रहरी नियन्त्रणमा हुनहुन्छ, हत्याको बिषयमा प्रकृयागत तरिकाले हामी अनुसन्धान गर्दै छौं’ उनले भने, ‘श्रीमान श्रीमति बिचको घरायसी बिबादमा हत्या भएको हुनसक्छ, श्रीमान टेक बहादुरमा पनि मानसिक समस्या पहिले देखि नै रहेको बुझिन आएको छ ।’

बयानसरी असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पुथाउत्तरगंगा गाउँपालीका ७ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर दलित महिला सदस्यमा निर्वाचित भएकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web