दाङ ।

चुनाव सकिएको १५ दिन भित्र गर्नुपर्ने कार्यपालिका गठनका लागि दाङका प्रकृया सुरुभएको छ । दाङका दश वटै स्थानिय तहमा नगर तथा गाउँ कार्यपालिका गठनका लागि निर्वाचन प्रकृया सुरु गरिएको हो ।

दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा कार्यपालिका गठनका लागि निर्वाचन प्रकृया सुरु भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगर तथा गाउँपालिकाको यही असार ३०, ३१ र साउन २ गते कार्यपालिका गठनका लागि निर्वाचन हुने भएको हो ।

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाका साउन २ गते कार्यपालिका गठनका लागि निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत खड्काका अनुसार शान्तिनगर, राजपुर र गढवा गाउँपालिकामा असार ३० गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ भने बबई, दंगिशरण र बंगलाचुली गाउँपालिकामा असार ३१ गते चुनाब हुने भएको छ ।

सबै स्थानिय तहहरुमा नगर तथा गाउँकार्यपालिका गठनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगर कार्यपालिकामा ८ सदस्यका लागि निर्वाचित पाँच महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्यकहरु विच निर्वाचन हुने छ ।

त्यस्तै गाउँ कार्यपालिकामा ६ सदस्यका लागि निर्वाचित ४ महिला सदस्य र २ जना दलित तथा अल्पसंख्यक विच प्रतिस्पर्धा हुने छ । नगर तथा गाउँकार्यपालिकामा प्रमुख, उपप्रमुख नै प्रमुख उपप्रमुखमा रहने र वडा अध्यक्षहरु पदेन सदस्य रहने व्यबस्था रहेको छ ।

गढवा गाउँपालीकाका प्रमुख शहजराम यादव आईतवार कृष्णनगर हुदै भारतको वाटो प्रयोग गरेर वडा नं ८ को कोईलावास पुगेर त्यहाँ निर्वाचित जनप्रतिनिधिहरुको पदभार ग्रहण कार्यक्रममा सहभागि हुनु भएको छ ।

गढवा वाट कोईलावास पुग्न ३० किलोमिटर टाढा पर्छ । तर, वर्षाको कारणले गर्दा वाटो विग्रीएपछी कोईलावास पुग्न भारतको वाटो प्रयोग गर्नुपरेको हो । गढवावाट कपिलबस्तुको कृष्ण नगर, कृष्ण नगरवाट भारतीय वाटो हुदै भारतको तुलसीपुरवाट कोईलावास पुगीन्छ ।

यही घुमाउरो र लामो वाटो प्रयोग गरेर जनप्रतिनिधि कोईलावास पुगे, पदभार ग्रहण गराउने देखी कोईलावास बजारको अवलोकन पनि गरिएको छ । ‘वर्षाले गर्दा वाटो विग्रीएको छ, वडा नं ८ कोईलावासमा निर्वाचित जनप्रतिनिधिहरुलाई पदभार ग्रहण गराउन कृष्णनगर वाट भारतको वाटो हुदै कोईलावास आईपुगेको छु’उहाँले भन्नुभयोे–‘आउदो वर्ष कोईलावासको वाटो वन्छ, बजार पनि पहीलेको भन्दा सुधार गर्नेतर्फ योजना वनाउदै छौं ।’

नेपाल सरकारले कोईलावास सडक कालोपत्रेको लागी टेण्डर निकालीसकेको र अन्तिम सर्वे गर्ने काम चलीरहेको छ । पहीले एउटा सिंगो गाविस रहेको कोईलावास भारतले सिमा क्षेत्रमा बाँधेको बाँधका कारण डुबानमा पर्दै जान थालेपछि गाउँ नै विस्थापित हुँदै जाँदा अहीले एउटा वडामा सिमित वनेको छ ।

20.33¡ÆC