कालीगण्डकी करिडोरको ट्र्याक खुल्यो

म्याग्दी ।

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्र्याक खुलेको छ ।

नेपाली सेनाको निर्माण कार्य दलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्र्याक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका उपल्लो मुस्ताङसम्मको ३४५ किलोमिटर दुरीको ट्र्याक खुलेको हो ।

यो वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्र्याक खोलिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।

निर्माण कार्यदलका सहायक रथी उद्धव विष्टले सडकको सुधार र विस्तार गर्नुपर्ने भए पनि अब गाडी गुड्नसक्ने बनाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

TOP