काठमाडौं ।

दोश्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।

हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मत गणना कार्य पूरा भएको र अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

पछिल्लो मत परिणामअनुसार नेकपा एमाले १४८, नेपाली काँग्रेस १२१, नेकपा माओवादी केन्द्र ३८, सघीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका २ जना उम्मेदवार प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन् भने ३ स्वतन्त्र उम्मेदवार पनि प्रमुख/अध्यक्ष पदमा विजयी भएका आयोगले जनाएको छ ।

दोश्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाम मध्ये प्रमुख÷अध्यक्षमा पदमा नेकपा एमालेले सवैभन्दा धेरै अर्थात ४४.८ प्रतिशतमा पदमा विजयी हासिल गरेको छ भने नेपाली काँग्रेसले ३६.७ र माओवादी केन्द्रले ११.५ प्रतिशत पद जितेका छन् ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर १ का १३४, प्रदेश नम्बर ५ का १०९ र प्रदेश नम्बर ७ को ८७ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा नेकपा एमाले १७२, नेपाली काँग्रेस १०३, नेकपा माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम नेपाल ७, नेपाल लोकतान्त्रिक फोरम ६, राष्ट्रिय जनमोर्चा २, राप्रपाका २ जना उम्मेदवारहरु विजयी भएको प्रवक्ता शर्माले बताउनुभयो ।

26.12¡ÆC