जाजरकोट, खोटाङ, धनकुटा र रौतहटको लागि जापानद्धारा एम्बुलेन्स सहयोग

असार २२, २०७४ मा प्रकाशित | 904 views

काठमाडौं ।

जापान सरकारले नेपाल रेडक्रस सोसाइटी माफर्तत चार जिल्लाको लागि एम्बुलेन्स उपलब्ध गराएको छ ।

जापानी राजदूतावास काठमाडौंले जाजरकोट, खोटाङ, धनकुटा र रौतहटको लागि चार वटा एम्बुलेन्स सहयोग प्रदान गरेको छ ।

चार जिल्लाको ग्रामीण स्वास्थ्य सेवा सुधारका लागि जापानी दूतावासले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

सन् २०१६ को नोभेम्बर महिनामा पनि सोसाइटीलाई जापानी दूतावासले प्युठान, गुल्मी, उदयपुर र मोरङका लागि चार वटाएम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

ती एम्बुलेन्स सोसाइटीले आफ्ना जिल्ला शाखामार्फत व्यवस्थापन गरी मानवीय सेवाअन्तर्गत बिरामी, औषधि र रगत क्षेत्रमा सञ्चालनमा ल्याउने बताएको छ ।

रेडक्रस सोसाइटीको केन्द्रीय कार्यलयमा बुधबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले सोसाइटीका अध्यक्ष सञ्जीव थापालाई चार एम्बुलेन्सको साँचो बुझाएर हस्तान्तरण गरेका गरेका हुन् ।

सोही कार्यक्रममा सोसाइटीका अध्यक्ष थापाले सम्बन्धित जिल्ला शाखाका अध्यक्षहरुलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए ।

जापानी राजदूत ओगावाले ग्रामीण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पुग्ने बताउँदै मानवीय सेवाका क्षेत्रमा सोसाइटीलाई आगामी दिनमा पनि आवश्यक थप सहयोग गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web