खोटाङमा माओवादी युद्धमा ज्यान गुमाएका परिवारलाई ५ करोड राहत

असार २१, २०७४ मा प्रकाशित | 1149 views

खोटाङ ।

१० बर्षे सशस्त्र माओवादी द्धन्द्धको समयमा ज्यान गुमाएका खोटाङका मृतक परिवारका लागि ५ करोड बढि राहत वितरण हुने भएको छ ।

२०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेको अवधिमा ज्यान गुमाएका सर्वसाधारण तथा सुरक्षाकर्मीका परिवारका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट ५ करोड ३७ लाख ५० हजार रकम खोटाङ जिल्लाको लागि निकासा भएर आएको छ ।

शसस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका जिल्लाका १२६ सर्वसाधारणका परिवारका लागि प्रतिमृतक ५ लाखका दरले राहत आएको स्थानीय शान्ति समितिले जानकारी दिएको छ ।

सशस्त्र द्वन्द्व कालमा ज्यान गुमाएका २२ जना नेपाल प्रहरी, ११ जना नेपाली सेना र ६ जना शसस्त्र प्रहरीको परिवारका लागि प्रतिमृतक परिवार १ लाख ५० हजारका दरले राहत आएको बताइएको छ ।

शान्ति समितिका अनुशार द्धन्द्ध कालमा ज्यान गुमाएका सर्वसाधारण परिवारले यसअघि पटक–पटक गरी ५ लाखका दरले रकम पाइसकेका छन् । ३९ मृतक सुरक्षाकर्मीका परिवारले पनि दुई पटकमा ८ लाख ५० हजार पाइसकेका छन् ।

मृतक सर्वसाधारणका परिवारलाई ५ लाख र सुरक्षाकर्मीका परिवारलाई डेढ लाखका दरले रकम वितरण सुरु गरिएको खोटाङ शान्ति समितिले जनाएको छ ।

यसअघि ५ लाख पाइसकेका ३ जना बेपत्ताका परिवारका लागि पनि थप ५ लाखका दरले राहत पाउने भएका छन् ।

बिस्थापित २३९ परिवारका लागि १ करोड ५५ हजार ५० हजार, अपांगता भएका ८ परिवारका लागि ४ लाख ४६ हजार ४ सय तथा टुहुरा बालबालिकाका लागि १ लाख ४० हजार रकम बाँडिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web