बिदेशमा हुने नेपालीलाई बजेटमा के छ ?

जेष्ठ १६, २०७३ मा प्रकाशित | 1446 views

१६ जेठ, काठमाडौं ।
सरकारले आर्थिक बर्ष २०७३र७४ को लागि भन्दै हिजो संसदमा १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट भाषण गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट अनुसार चालु खर्चतर्फ ६ अर्ब १७ करोड र पुँजिगत तर्फ ३ खर्ब ११ अर्ब ९४ करोड बजेट छुट्याइएको छ ।

करिव साँडे १० खर्बको बजेटमा प्रवासमा रहेका गैर आवासिय नेपालीसँग सरोकार राख्ने महत्वपूर्ण बुँदाहरु यस्ता छन् ।

प्रवासमा रहेका नेपाली नागरिकहरुले नेपालमा हुने संघ, प्रदेश र स्थानीय तहका निर्वाचनमा मतदान गर्न पाउने !

बैंक मार्फत विप्रेषण प्राप्त भएको प्रमाण सहित घर जग्गा खरिद गरेमा लाग्ने रजिस्ट्रेशन शुल्कमा २५ ५ छुट दिने ब्यबस्था !

समस्यामा परेका नेपालीहरुको उद्धारकालागि विदेशस्थित नेपाली नियोगहरुमा द्रुत उद्दार टोलि परिचालन गरिने !

राहदानी प्राप्त गर्न अन लाइन मार्फत निबेदन दिन सकिने !

ई-पासपोर्ट जारि गर्न आवस्यक पूर्वाधार तयार गरिने !

ओमान, लेबनान जोर्डन र मलेसियासंग श्रम सम्झौता गरिने !

सरकार संलगन आकर्षक प्रतिफल दिने जलबिद्युत आयोजना निर्माणमा गैरआवासीय नेपालीहरुले समेत शेयरमा लगानी गर्न पाउने ब्यबस्था !

बैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको शिप र कार्य दक्षताको परिक्षण गरी प्रमाण पत्र दिने ब्यबस्था !

नेपाल बायु सेवा निगमको २ वटा प्लेन थपिने १ आदि….

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web