एनआरएन जापान कान्तो क्षेत्र संयोजकमा नबीन नीउरे निश्चित, तोउचीगीमा बिकास वस्नेत चयन

असार २०, २०७४ मा प्रकाशित | 2888 views

टोकियो ।

एनआरएन जापानको कान्तो क्षेत्रको संयोजकमा उम्मेद्धारी दिएका सचिन श्रेष्ठले उम्मेद्धारी फिर्ता लिएपछि अर्का उम्मेद्धार नबीन नीउरे चयन हुने पक्का भएको छ ।

नीउरेका प्रत्यासी श्रेस्ठले आफ्नो उम्मेद्धारी फिर्ता लिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

एनआरएन जापानको अधिवेशन अघि क्षेत्रिय अभिवेशन भइरहँदा निर्वाचनको संघारमा संयोजकका प्रत्यासी श्रेष्ठले आफ्नो कारण निर्वाचन हुने अवस्था आएको भन्दै सहमतीको लागि उम्मेद्धारी फिर्ता लिएको बताएका छन् ।

यसैगरि  सह सचिबका अर्का उम्मेद्धार गोविन्द सिंह पनि निर्वाचनबाट पछि हटेका छन् ।

अन्तिम नामावली प्रकाशन अघि उनले आफ्नो उम्मेद्धारी फिर्ता लिएका हुन् । सिंहले उम्मेद्धारी फिर्ता लिएपनि सहसचिवमा सुनिल देवकोटा, विष्णु प्रसाद त्रिपाठी र दिपेश खत्री चुनावी मैदानमा छन् ।

यसैगरि सह संयोजकमा अनुजराज क्षेत्री, आकाश लामा र विनोद कार्कीको उम्मेद्धारी यथावत रहेको छ । दुई जना सह संयोजक रहने व्यवस्था अनुसार एक व्यक्ति निर्वाचनबाट पाखा लाग्ने देखिन्छ ।

कोषाध्यक्षमा राकेश रुम्बा एक्ला उम्मेद्धार बन्दा उनी निर्विरोध चयन भइसकेका छन् ।

सचिवमा भने रविन शर्मा, भूपेन्द्र सापकोटा र विकास जैसी तीनजना चुनावी मैदानमा होमिएका छन् । १ जना सचिव पदमा तीन जनाको उम्मेद्धारी परेपछि मतदाताबाटै सचिवको टुंगो लाग्ने भएको छ ।

सदस्यमा १० जनाको उम्मेद्धारी परेकोमा कसैले पनि उम्मेद्धारी फिर्ता लिएका छैनन् । ७ जना सदस्य हुनपर्नेमा १० जनाको उम्मेद्धारी यथावत रहेपछी निर्वाचन हुने पक्का छ ।

यद्यपी एनआरएन जापानले भने सबै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भइरहेकाले कान्तो क्षेत्रमा पनि सबै पदमा सर्वसम्मत गर्ने प्रयास भइरहेको र निर्वाचन नै गर्नुपर्ने अवस्था नआउने बताएको छ ।

यसअघि एनआरएन तोउचीगी क्षेत्रको दोस्रो अधिवेसनले बिकास वस्नेतको नेतृत्वमा सर्वसम्मत १३ सदस्यिय कार्यसमिति चयन गरेको छ ।

जुलाई २ तारिखमा भएको अधिवेशनले उपसंयोजकमा सरोज भेटवाल र डेनि शेर्पा तथा सचिव कमल बहादुर बोगटीलाई चयन गरेको छ ।

सहसचिवमा अर्जुन गुरुङ भएका छन् भने कोषाध्यक्षमा सुवु गुरुङ रोजी छानिएकी छिन् ।

सदस्यमा युवराज लामा, सुरेन्द्र अधिकारी, अमन घले, धीरज पौडेल, शिवराम राई, दिपक बहादुर गुरुङ र निमा शेर्पा चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web