काठमाडौं ।

व्यवस्थापिका–संसद्को सोमबारको दोश्रो बैठकले विनियोजन विधेयक, अर्थात आगामी आर्थिक बर्षको बजेट माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कर तिर्नु नागरिकको दायित्व भएकाले सरकार कोही कसैलाई पनि कर छुट दिने पक्षमा नरहेको बताउनुभयो ।

प्रस्तुत विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले मूल्य अभिवृद्धि कर 'भ्याट' छल्ने गरी व्यापारी तथा व्यवसायीले आर्थिक अपराध गरिरहेकाले उनीहरूलाई कारबाही गर्नुपर्ने र त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नुपर्ने माग गर्नुभयो ।

त्यसअघि अर्थमन्त्री कार्कीले ‘विनियोजन विधेयक, २०७४’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७४ सदनमा प्रस्तुत गर्नुभएको थियो ।

व्यवस्थापिका संसदमा विनियोजन विधेयक, २०७४ बजेटको विनियोजनका विभिन्न शीर्षकहरुमाथि असार २० देखि २७ गतेसम्म छलफल हुने गरी समय निर्धारण गरिएको छ ।

17.52¡ÆC