विनियोजन विधेयकमाथि भोलिदेखि छलफल हुने

असार १९, २०७४ मा प्रकाशित | 1102 views

काठमाडौं ।

व्यवस्थापिका–संसद्को आजको दोश्रो बैठकले विनियोजन विधेयक, २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गर्यो ।

त्यस विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले मूल्य अभिवृद्धि कर ९भ्याट० छल्ने गरी व्यापारी तथा व्यवसायीले आर्थिक अपराध गरिरहेकाले उनीहरुलाई कारवाही गर्नुपर्ने र त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नुपर्ने माग गर्नुभयो ।

सांसद सुवालको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री कार्कीले कानुन, नियमअनुसार कर तिर्नु नागरिकको दायित्व भएकाले सरकार कोही कसैलाई पनि छुट दिने पक्षमा नरहेको बताउनुभयो ।

त्यसअघि अर्थमन्त्री कार्कीले ‘विनियोजन विधेयक, २०७४’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७४ सदनमा प्रस्तुत गर्नुभएको थियो ।

विनियोजन विधेयक, २०७४ माथि असार २० देखि २७ गतेसम्म छलफल हुने गरी समय निर्धारण गरिएको सभामुख ओनसरी घर्तीले जानकारी गराउनुभयो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web