सेन्दाई ।

एनआरएन जापान अन्र्तगत एनआरएन सेन्दाई क्षेत्रको संयोजकमा डम्बर चौहान चयन भएका छन् ।

आइतबार सम्पन्न अधिवेशनले चौहानको नेतृत्वमा सर्वसम्मत १३ सदस्यिय कार्यसमिति चयन गरेको हो ।

जसमा उपसंयोजक दुई जना चयन गरेको छ । जसमा घनस्याम भुषाल र बिनोद चन्द रहेका छन् ।

यसैगरि सचिवमा ज्वाला गुरुङ, सह सचिवमा छिरिङ नुरु शेर्पा, कोषाध्यक्षमा हरि गोपाल श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा सुनिता सिके, सन्तोष गिरि, आङ गेल्बु शेर्पा र निरज घिमिरे चयन भएको एनआरएन जापानका सचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

नव गठित कमिटि लाई अधिवेसनका प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष सुदन थापाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् भने कार्यक्रममा उपाध्यक्ष टासी लामा, उपाध्यक्ष देविलाल भण्डारी, सचिव बुद्धिराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

24.52¡ÆC