गृहमन्त्रीको निर्देशनपछि आईजिपीले पत्र काटे गोविन्द तिवारीलाई जापानबाट फर्काउन (भिडियो सहित)

असार १६, २०७४ मा प्रकाशित | 2030 views

टोकियो ।

प्रहरी महानिरिक्षक प्रकाश अर्यालले ठगि काण्डमा फरार रहेका गोविन्द तिवारीलाई पक्रेर नेपाल फर्काउन जापान प्रहरीलाई पत्र लेखेका छन् ।

शुक्रबार गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनपछि आईजिपी अर्यालले इन्टरपोल मार्फत क्रिस त्रिपाठीको नाममा करिव २ करोड बढी रुपैयाँ ठगि गरेर जापानमा लुक्दै आएका त्रिपाठीलाई पक्राउ गर्न पत्र काटेका हुन् ।

त्रिपाठीबाट ठगिएका पिडितहरुले उनलाई पक्राउ गर्नअनुरोध र सञ्चारमाध्यमबाट दबाव बढेपछि नेपाल प्रहरी र इन्टरपोल शाखाले त्रिपाठीको नाममा इन्टरपोलमा पत्र लेखेपनि त्यो पत्र आठ महिनासम्म जापान नपठाएको खुलासा समेत भएको छ ।

नेपाल प्रहरीले त्रिपाठीको नाममा वारेन्ट जारी गरेर इन्टरनेटमा समेत नराख्नु र जापान प्रहरी तथा जापानस्थित नेपाली राजदूतावासमा समेत खवर नगर्नुले नेपाल प्रहरीको उच्च निकायसम्म त्रिपाठीको पहुँच तथा प्रहरीको हेलचेक्राइ तथा आर्थिक लेनदेनको आशंका गर्न थालिएको छ ।

यद्यपी गृहमन्त्री जनार्दन शर्माले न्युज २४ टेलिभिजनमा प्रशारित सिधा कुरा जनतासँग कार्यक्रममा सञ्चालक रवि लामिछानेसँगको कुराकानीपछि घटनाको संवेदनशिलतालाई हेरेर आईजिपी आर्याललाई भेटेर आवश्यक निर्देशन दिएको बुझिएको छ ।

हिजो नै जापानस्थित नेपाली राजदूतावासमा तिवारीमाथिको कारवाही र नेपाल फिर्ता पठाउन दूतावासको भूमिकाको विषयमा छलफल भएपछि नेपाली राजदूतावास जापानले नेपालबाट आवश्यक दुई पत्र मगाएको थियो । सो पत्र जापान प्रहरी र सम्वन्धित निकायमा तत्काल प्रेसित गरिएको र आवश्यक कारवाही प्रक्रिया अघि बढेको दूतावासले बताएको छ । घटनाको सम्वन्धमा दूतावासले आवश्यक सहयोग गर्ने समेत सो छलफलमा बताएको थियो ।

कास्की पुरानचौरका तिवारी एनआरएन जापानका उपाध्यक्ष देविलाल भण्डारी लगायतको टोलीले समातोर जापान प्रहरीमा बिहिबार मध्यरात बुझाएपनि ८ घण्टा पछि प्रमाण नपुग्दा छुटेका थिए ।

रोचक कुरा के भने जापान प्रहरीबाट छुटेपछि तिवारीले आफुलाई जापान प्रहरीले ४० मिनेटमात्र समातेको र कसैले केही गर्न नसक्ने भन्दै आफुलाई सम्पर्क गरेको समेत रवि लामिछानेले बताएका छन् ।

जापान प्रहरीबाट छुटेपछि गुमनाम रहेका तिवारी पछिल्लो पटक योकोहामाबाट पक्राउ परेपनि उनी अहिले योकोहामामा नरहेको बुझिएको छ । नेपाल प्रहरी र जापानस्थित राजदूतावासले पक्राउ गर्न अनुरोध गरेपछि जापान प्रहरीले पक्राउ गर्नसक्ने देखिएपछि उनी भूमिगत बनेका छन् ।

घटनाको सम्वन्धमा थप जानकारी प्राप्त हुनेक्रम जारी रहेको छ । हामी क्रमश राख्दै जानेछौं ।

नेपाल प्रहरीले बल्ल पठायो गोविन्द तिवारी पक्राउ पुर्जी, के भयो अहिलेसम्म ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web